Trending
Prev Story
Next Story

जय शाह आईसीसी अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त

Onlinekhabar •
November 16, 2026 • 06:01 AM
4
4 reads 0 reactions 4 comments

३० कात्तिक, काठमाडौं । जय शाह अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन्। इन्डोनेसियाको बालीमा बसेको आईसीसी बोर्ड बैठकमा निर्देशकहरूको प्रस्तावपछि शाह निर्विरोध पुनः नियुक्त भएका हुन्। आईसीसीले शाहको नेतृत्वप्रति …

जय शाह आईसीसी अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त

३० कात्तिक, काठमाडौं । जय शाह अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन्। इन्डोनेसियाको बालीमा बसेको आईसीसी बोर्ड बैठकमा निर्देशकहरूको प्रस्तावपछि शाह निर्विरोध पुनः नियुक्त भएका हुन्।

आईसीसीले शाहको नेतृत्वप्रति बोर्डले देखाएको विश्वास र क्रिकेटको विश्वव्यापी विस्तार, दर्शकको संख्या वृद्धि तथा व्यावसायिक विकासलाई अघि बढाउन निरन्तरताको आवश्यकता रहेको जनाएको छ।

क्रिकेट सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिक खेलकुदमा पुनरागमनको तयारीमा छ। साथै, आईसीसीले प्रतियोगिताहरूको दीर्घकालीन कार्यक्रम विस्तार गर्दै सहभागिता र खेल विकासका थप अवसर सिर्जना गर्ने योजना अघि सारेको छ।

पुनः नियुक्तिपछि शाहले बोर्डका निर्देशकहरूले आफूलाई गरेको विश्वासप्रति आभार व्यक्त गर्दै विश्वभर क्रिकेटको हितमा सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले क्रिकेट ओलम्पिकमा फर्कनु नयाँ दर्शकसम्म खेल पुर्‍याउने र नयाँ पुस्तालाई क्रिकेटप्रति आकर्षित गर्ने महत्त्वपूर्ण अवसर भएको बताए। प्रतियोगिता आयोजना गर्नु मात्र नभई खेलाडी, समर्थक, व्यावसायिक साझेदार र अन्य सरोकारवालालाई समेटेर क्रिकेटको दिगो भविष्य निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

आईसीसी बोर्डले महिला क्रिकेटको विकास, एसोसिएट सदस्य राष्ट्रका लागि अवसर विस्तार, अन्तर्राष्ट्रिय क्रिकेटको निष्पक्षता र विश्वसनीयता कायम राख्ने तथा खेलको दीर्घकालीन भविष्यका लागि दिगो व्यावसायिक अवसर सिर्जना गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डका अध्यक्ष रिचर्ड थम्पसनले शाहको निरन्तर नेतृत्व अन्तर्राष्ट्रिय क्रिकेटका लागि महत्त्वपूर्ण समयमा आएको बताएका छन्। उनले अन्तर्राष्ट्रिय खेल तालिका सुदृढ बनाउने, द्विपक्षीय क्रिकेटको प्रतिस्पर्धात्मकता र महत्त्व कायम राख्ने तथा प्रमुख प्रतियोगितालाई खेलको भविष्यसँग जोड्ने विषयमा आईसीसीले भूमिका खेल्नुपर्ने बताए।

आईसीसीकी स्वतन्त्र निर्देशक रोस रिभाजले शाहको पुनर्नियुक्तिले महिला क्रिकेटको विकासलाई थप बलियो बनाउने अवसर प्रदान गरेको बताइन्। उनले महिला क्रिकेटमा विश्वव्यापी रूपमा बढिरहेको आकर्षणलाई कायम राख्दै खेल्नबाट टाढिएका महिलाका लागि पनि अवसर र बाटो तयार गर्नुपर्नेमा जोड दिइन्।

आईसीसीका उपाध्यक्ष तथा जिम्बाब्वे क्रिकेटका अध्यक्ष तावेङ्वा मुकुहलानीले शाहले सदस्य राष्ट्रहरूलाई साझा दृष्टिकोणमा एकजुट गर्न सफल नेतृत्व देखाएको बताए। सन् २०२७ को पुरुष एकदिवसीय विश्वकप अफ्रिकामा आयोजना हुनुले त्यस क्षेत्रमा क्रिकेट विस्तारका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने उनको भनाइ छ।

न्युजिल्यान्ड क्रिकेटका निर्देशक रोजर ट्वोस र एसोसिएट सदस्यका अध्यक्ष गुरुमूर्ति पलानीले पनि शाहको पुनर्नियुक्तिको स्वागत गरेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय क्रिकेटलाई बलियो बनाउने, एसोसिएट सदस्य राष्ट्रलाई उच्चस्तरीय प्रतियोगितामा थप अवसर दिने र क्रिकेटको विश्वव्यापी विस्तारलाई सबै सदस्यका लागि लाभदायी बनाउने विषयमा जोड दिएका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
35m ago
जय शाह दोस्रो कार्यकालका लागि आईसीसी अध्यक्षमा निर्विरोध निर्वाचित

जय शाह दोस्रो कार्यकालका लागि आईसीसी अध्यक्षमा निर्विरोध निर्वाचित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जय शाहलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्ष नियुक्त गरेको छ।

#आईसीसी #शाह #क्रिकेट
Compare →
Hamro Patro News
2d ago
देउवा पक्षबाट अछाम तरुण दलको अध्यक्षमा गोकुलबहादुर शाह मनोनीत

देउवा पक्षबाट अछाम तरुण दलको अध्यक्षमा गोकुलबहादुर शाह मनोनीत

कैलाली । नेपाली कांग्रेसको देउवा पक्षले नेपाल तरुण दल अछामको जिल्ला अध्यक्षमा गोकुलबहादुर शाहलाई मनोनीत गरेको छ। नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष दिल लामाले पत्र पठाउँदै शाहलाई जिल्ला अध्यक्षको ज...

#शाह #अध्यक्षमा
Compare →
Ekantipur
38m ago
राष्ट्रपतिसमक्ष नवनियुक्त तीन राजदूतले लिए शपथ

राष्ट्रपतिसमक्ष नवनियुक्त तीन राजदूतले लिए शपथ

भारतका लागि नियुक्त राजदूत डा निश्चलनाथ पाण्डे, चीनका लागि डा कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेशकुमार कर्णले शपथ लिएका हुन् ।

#नियुक्त
Compare →
Arthasansar
3d ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#नियुक्त
Compare →
Bizshala
3d ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#नियुक्त
Compare →

Related Stories

Technology
Build #2612