पत्नीसमेत साथमा रहेका थापा बिहानै घडिअर्वा छठ घाट पुगेर व्रतालुहरूमार्फत छठी माताको पूजा तथा दर्शन गरेका हुन्।
पर्सा — नेपाली कांग्रेसका सभापति गगन थापाले सोमबार बिहान वीरगन्जस्थित प्रसिद्ध घडिअर्वा छठ घाटमा छठी माताको दर्शन गरेका छन्।
पत्नीसमेत साथमा रहेका थापा बिहानै घडिअर्वा छठ घाट पुगेर व्रतालुहरूमार्फत छठी माताको पूजा तथा दर्शन गरेका हुन्। उनले घाटमा उपस्थित व्रतालुहरूबाट छठी माताको प्रसादस्वरूप टीका पनि ग्रहण गरेका थिए।
थापा आइतबार साँझ सर्लाहीमा आयोजित छठको सझिया घाटमा सहभागी भएका थिए। सर्लाहीबाट वीरगन्ज आइपुगेका उनले सोमबार बिहान घडिअर्वा घाट पुगेर छठी माताको दर्शन गरेका हुन्।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।