Trending
Prev Story
Next Story

पश्चिम एशियामा तेस्रो अमेरिकी युद्धपोत आइपुग्यो

Ekantipur •
November 16, 2026 • 03:32 AM
3
3 reads 0 reactions

इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले वासिङ्टनले कूटनीतिक पहलको कुराकानी गरेर फेरि अर्को आक्रमणका तयारी गरिरहेको आरोप लगाएका छन्

पश्चिम एशियामा तेस्रो अमेरिकी युद्धपोत आइपुग्यो

इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले वासिङ्टनले कूटनीतिक पहलको कुराकानी गरेर फेरि अर्को आक्रमणका तयारी गरिरहेको आरोप लगाएका छन्

काठमाडौँ — मध्यपूर्वमा विकसित ताजा भूराजनीतिक द्वन्द्वका कारण यस क्षेत्रको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ।

अमेरिकी जलसेनाको अत्याधुनिक विमानबाहक पोत ‘यूएसएस थिओडोर रुजवेल्ट’ मध्यपूर्व क्षेत्रमा आइपुगेको एक अमेरिकी अधिकारीले अलजजिरालाई बताएका छन्। यससँगै अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) को कार्यक्षेत्रमा तैनाथ अमेरिकी विमानबाहक पोतहरूको संख्या तीन पुगेको छ।

उता, इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले वासिङ्टनले कूटनीतिक पहलको कुराकानी गरेर फेरि अर्को आक्रमणका तयारी गरिरहेको दाबी गरेका छन् । उनले अवस्था यस्तै रहे इरान चुप लागेर नबस्‍ने चेतावनी दिए ।

यसैबीच, बहराइनस्थित अमेरिकी दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकका लागि विशेष सुरक्षा सतर्कता जारी गरेको छ। इरान र हुथी विद्रोहीहरूबाट सम्भावित आक्रमणको जोखिम रहेको भन्दै दूतावासले चेतावनी दिएको हो।

यसअघि बहराइन सरकारले आफ्नो आकाशमा इरानी आक्रमणलाई वायु रक्षा प्रणाली (एयर डिफेन्स) मार्फत निष्प्रभावी बनाएको जनाएको थियो ।  यसैबीच हर्मुज जलमार्गमा दुईवटा तेल ट्यांकरहरूमा  विस्फोट भई आगलागी भएको इरानी जलसेनाले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
18h ago
ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

काठमाण्डौ । अमेरिका र इजरायलको लगातारको सैन्य आक्रमणपछि इरानको सैन्य शक्ति लगभग ध्वस्त भएको दाबी गरिरहेका अमेरिकी...

#अमेरिकी #इरान
Compare →
Onlinekhabar
20h ago
इरानसँग २ हजार ५०० मिसाइल रहेको अमेरिकी गुप्तचरको अनुमान

इरानसँग २ हजार ५०० मिसाइल रहेको अमेरिकी गुप्तचरको अनुमान

अमेरिकी गुप्तचर निकायहरूको इरानसँग अझै १ हजार ५०० देखि २ हजार ५०० वटा मिसाइल रहेको अनुमान गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले यसबारे रिपोर्ट प्रकाशित गरेको छ । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अखबारले जनाएअनुसार …

#अमेरिकी #इरान
Compare →
Hamro Patro News
20h ago
इरानसँग अझै कति क्षेप्यास्त्र बचेको छ ? यसो भन्छ अमेरिकी गुप्तचर निकाय

इरानसँग अझै कति क्षेप्यास्त्र बचेको छ ? यसो भन्छ अमेरिकी गुप्तचर निकाय

काठमाडौं । अमेरिकी गुप्तचर निकायहरूको अनुमानअनुसार इरानसँग अझै पनि १ हजार ५०० देखि २ हजार ५०० वटासम्म क्षेप्यास्त्र रहेको छ । अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्...

#अमेरिकी #इरान
Compare →
Nagarik News
20h ago
इरानले बहराइनस्थित अमेरिकी सैन्य अखडानजिक गर्‍यो ड्रोन आक्रमण

इरानले बहराइनस्थित अमेरिकी सैन्य अखडानजिक गर्‍यो ड्रोन आक्रमण

इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान त्यहाँ विस्फोटका आवाज सुनिएका छन्।

#अमेरिकी #इरान
Compare →

Related Stories

World News
Build #2612