उनीहरूले नदीमा उभिएर सूर्यदेवलाई अर्घ्य अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गरेका थिए।
काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न भएको छ।
छठ पर्वको अन्तिम दिन बिहानैदेखि व्रतालु तथा श्रद्धालु भक्तजनहरू थापाथलीस्थित छठ घाटमा भेला भएका थिए। उनीहरूले नदीमा उभिएर सूर्यदेवलाई अर्घ्य अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गरेका थिए।
चार दिनसम्म मनाइने छठ पर्वमा पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई उषा अर्घ्य दिने परम्परा छ।
आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरूले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गरेका हुन्। त्यसपछि प्रसाद ग्रहण तथा वितरण गरी छठ पर्व सम्पन्न गरिएको छ।
दीपेश दर्शनधारी कान्तिपुरका फोटो पत्रकार हुन् ।