Trending
Prev Story
Next Story

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

Nagarik News •
November 16, 2026 • 01:33 AM
4
4 reads 0 reactions

गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका व्रतालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन्।

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व आज सम्पन्न भएको छ। गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका व्रतालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन्।

महोत्तरीसहितका तराई मधेशमा सूर्योदय हुनासाथ व्रतालुले सूर्यदेवलाई अर्घ्य अर्पण गरेका हुन्। यसअघि व्रतालुले निराहार व्रतकै बीच आइतबार साँझ षष्ठी तिथिका दिन अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य  दिएका थिए।

अहिले सूर्य उपासनाको पर्व सम्पन्न भएसँगै व्रतालु छठी घाटबाट घर फर्केका छन्। यसअघि चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो खाएर व्रत सङ्कल्प गरेर ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालुले पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए। कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन यो पर्व विभिन्न विधि साथ मनाइन्छ।

अस्ताउँदा सूर्यदेवलाई पहिलो अर्घ्य दिइने षष्ठी तिथिको साँझको विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ। यसैगरी, सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गरिने दिनलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिएको छ।

पर्व सम्पन्न गरेर घर फर्केपछि व्रतालुले दीनदुःखी र आशामुखीहरुलाई अन्न, वस्त्र दान गरी प्रसाद ग्रहण गर्छन्। यससँगै पर्वका प्रसाद खाने ख्वाउने क्रम सुरु हुन्छ। यस पर्वमा ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार तथा केरा र अन्य फलफूल एवं माटोका भाँडामा जमाइएको दही सूर्यदेवलाई चढाइएका बस्तु प्रसाद हुन्छन्। मिथिलामा छठको प्रसाद खाने ख्वाउने क्रम महिना दिनसम्म चलीरहन्छ। खासगरी छोरीचेली, फुपू, मित र अन्य इष्टमित्रकहाँ छठको प्रसादको ‘भार’ (सोली) नै पठाउने मैथिल चलन छ।

छठ व्रतको प्रभावले सुखसन्तोष प्राप्त हुने र रोगव्याध नलाग्ने जनविश्वास छ।

प्रकाशित: ३० कार्तिक २०८३ ०७:१८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
49m ago
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व आज सम्पन्न भएको छ । गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका बर्तालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँ...

#सूर्य #अर्घ्य #पर्व
Compare →
Bizshala
8m ago
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सकियो

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सकियो

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व आज सम्पन्न भएको छ। कात्तिक शुक्ल सप्तमीका दिन बिहान...

#सूर्य #अर्घ्य #पर्व
Compare →
Onlinekhabar
1h ago
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ

३० कात्तिक, काठमाडौं । छठपर्व आज समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो । आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर …

#सूर्य #अर्घ्य #पर्व
Compare →
Ekantipur
10m ago
बागमती किनारमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न [तस्बिरहरु]

बागमती किनारमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न [तस्बिरहरु]

उनीहरूले नदीमा उभिएर सूर्यदेवलाई अर्घ्य अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गरेका थिए।

#सूर्य #अर्घ्य #उदाउँदो
Compare →

Related Stories

World News
Build #2612