कास्की, २९ कात्तिकः देशको पर्यटकीय राजधानी पोखराका विभिन्न चार स्थानमा रहेका छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज साँझ छठ पूजा गरिएको छ । तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पोखरामा बस्ने मधेस र तराईवासी नागरिकले भव्य रूपमा मनाएका हुन् ।
पोखरामा आज साँझ भारी वर्षा भए पनि श्रद्धालुले पानीमा भिजेर सूर्यदेवको पूजाआराधना गरेका छन् । फेवाताल किनार केदारेश्वर मन्दिर परिसर, नदीपुरस्थित नारायणस्थान मन्दिर, भद्रकाली माछापोखरी र कालीखोलामा छठ पूजाका लागि छठ घाट निर्माण गरिएको थियो । छठ घाटमा टेन्ट र विभिन्न बत्ती तथा केराका बोटले सजाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )