Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको नीजि सचिवालयमा ५ सल्लाहकार, २ स्वकीय र ५ संयोजक

Onlinekhabar •
November 15, 2026 • 01:31 PM
4
4 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नीजि सचिवालयमा कार्यरतहरूको भूमिका तोकिएको छ । विज्ञको रुपमा कार्यरतलाई संयोजक र उपसंयोजकको जिम्मेवारी दिइएको छ । कुमार व्यञ्जनकार प्रधानमन्त्रीका मुख्य सल्लाहकार (अवैतनिक) छन् । मन्त्री सरहको भूमिकामा …

प्रधानमन्त्रीको नीजि सचिवालयमा ५ सल्लाहकार, २ स्वकीय र ५ संयोजक

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नीजि सचिवालयमा कार्यरतहरूको भूमिका तोकिएको छ । विज्ञको रुपमा कार्यरतलाई संयोजक र उपसंयोजकको जिम्मेवारी दिइएको छ ।

कुमार व्यञ्जनकार प्रधानमन्त्रीका मुख्य सल्लाहकार (अवैतनिक) छन् । मन्त्री सरहको भूमिकामा उनीसहित अन्य दुई जना छन् । राजनीतिक सल्लाहकार असीम शाह र स्वास्थ्य सल्लाहकार (अवैतनिक) मा प्रा.डा. जगदीशप्रसाद अग्रवाल छन् ।

शाह र अग्रवाल पनि मन्त्री सरहको पदीय भूमिका छन् । नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल राज्यमन्त्री सरहको भूमिका रहने गरी नीति, प्रशासन तथा सुशासन सल्लाहकार छन् भने विवेक मिश्रले राज्यमन्त्री सरह हुने गरी सूचना तथा सञ्चार प्रविधि सल्लाहकारका रुपमा कार्यरत छन् ।

प्रधानमन्त्री शाहका दुई जना स्वकीय सचिव सुवास शर्मा राजप्रत्राकिंत विशिष्ट श्रेणीमा कार्यरत छन् भने र नवीन भण्डारी राज पत्राकिंत प्रथम सरह हुने गरी स्वकीय सचिवका रुपमा कार्यरत छन् ।

विषयगत रुपमा पाँच जनालाई संयोजक तोकिएको छ । विकास तथा मन्त्रालयगत समन्वय संयोजकमा सञ्जिव पाण्डे तोकिएका छन् । सन्तोष गिरी अन्तर निकाय समन्वय संयोजक, विशाल अधिकारी सरकारी मामिला तथा योजना समन्वय संयोजक, दिपा दाहाल मिडिया व्यवस्थापन संयोजक र विश्व राई सामाजिक विकास समन्वय संयोजक बनेका छन् । सबै संयोजक राजपत्राकिंत प्रथम श्रेणी सरहको भूमिकामा छन् ।

पाँच जनालाई उपसंयोजक तोकिएको छ । उपसंयोजकहरूमा सुसन गौतम नागरिक उड्ययन समन्वय, रवि किरण अधिकारी सामाजिक विकास समन्वय, प्रकृति ढकाल स्वास्थ्य समन्वय, विनय शाक्य संस्कृति सम्पदा समन्वय र दिपक प्रसाद ओली नीति मस्यौदा अध्ययन तोकिएका छन् । उपसंयोजकहरू राजप्रत्राकिंत द्धितिय श्रेणी सरह रही कार्यरत छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
प्रधानमन्त्रीको छेउमै कोठा तयार, नियुक्तिपत्र पनि हातमा ! तर जिम्मेवारी सम्हाल्न सिंहदरबार पुगेनन् दानबहादुर कार्की

प्रधानमन्त्रीको छेउमै कोठा तयार, नियुक्तिपत्र पनि हातमा ! तर जिम्मेवारी सम्हाल्न सिंहदरबार पुगेनन् दानबहादुर कार्की

प्रधानमन्त्री बालेन शाहको विशेष सुरक्षा सल्लाहकारका रूपमा नियुक्त गरिएका कार्कीले आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णयविरु"द्ध सर्वोच्च अदालतमा रि"ट दायर गरेका छन्। सरकारले उनको कार्यकक्षसमेत तय...

#बालेन-शाह #सल्लाहकार #प्रधानमन्त्रीको
Compare →
Bizshala
1h ago
प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको नियुक्तिपत्र खल्तीमा, सरकारविरुद्ध सर्वोच्चमा मुद्दा, कार्कीको दोहोरो कदमले तरंग

प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको नियुक्तिपत्र खल्तीमा, सरकारविरुद्ध सर्वोच्चमा मुद्दा, कार्कीको दोहोरो कदमले तरंग

काठमाण्डौ । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा...

#सल्लाहकार #प्रधानमन्त्रीको
Compare →
Ekantipur
1h ago
प्रधानमन्त्रीको सचिवालयमा जिम्मेवारी हेरफेर : कसको थपियो, कसको घट्यो ?

प्रधानमन्त्रीको सचिवालयमा जिम्मेवारी हेरफेर : कसको थपियो, कसको घट्यो ?

प्रधानमन्त्रीको सचिवालयका पाँच जना सदस्यलाई सहसचिव सरहको सेवासुविधासहित विभिन्न क्षेत्रका संयोजक र पाँच जनालाई उपसचिव सरहको सेवा सुविधासहित उपसंयोजक तोकिएको छ ।

#सरह #प्रधानमन्त्रीको #सचिवालय
Compare →
Nagarik News
3h ago
दानबहादुर कार्कीले विशेष सुरक्षा सल्लाहकारको पत्र बुझिसके : गृह मन्त्रालय

दानबहादुर कार्कीले विशेष सुरक्षा सल्लाहकारको पत्र बुझिसके : गृह मन्त्रालय

प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सोही दिन पत्र बुझेका गृह मन्त्रालयले जानकारी दिएको छ।

#सल्लाहकार
Compare →

Related Stories

Politics & Governance
Build #2612