Trending
Prev Story
Next Story

कर्णालीले दियो चितवनलाई १ सय ५४ रनको लक्ष्य

Ekantipur •
November 15, 2026 • 09:02 AM
3
3 reads 0 reactions

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले आठ विकेट गुमाउँदै १५३ रन बनायो, जबकि तलत ३३ बलमा ५१ रनसहित नटआउट रहे।

कर्णालीले दियो चितवनलाई १ सय ५४ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले आठ विकेट गुमाउँदै १५३ रन बनायो, जबकि तलत ३३ बलमा ५१ रनसहित नटआउट रहे।

हसन तलतको अर्धशतकको मद्दतले कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको आफ्नो अन्तिम लिग खेलमा चितवन राइनोजसामु पहिले ब्याटिङ गर्दै १ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कर्णालीले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको हो र यसक्रममा आठ विकेट गुमाएर १ सय ५३ रन बनाउन सफल रह्यो । तलतले ३३ बलको सामना गरेर ५१ रन बनाए र नटआउट पनि रहे ।

त्यसमा दुई चौका र तीन छक्का सामेल थियो । अर्का नटआउट ब्याटर नन्दन यादवले दुई रन बनाए । यसअघि ओपनर सचिन शर्मा शून्यमै आउट भए भने दीपक डुम्रेले पनि सात रन मात्र बनाए ।

कप्तान डेविड मिलरले पनि खासै ठूलो योगदान दिन सकेनन् । उनी पाँच रन बनाएर आउट भए । अर्को ओपनर अरिफुल इस्लामले भने १५ बलमा ३५ रन बनाए । उनले चार चौका र दुई छक्का प्रहार गरे ।

सोमपाल कामीले चार र मार्क वाटले छ रनको मात्र योगदान गरे । गुल्सन झाले भने ६ बलमा १८ रन जोडे । प्रतियोगितामा कर्णालीको प्लेअफमा पुग्ने सम्भावना यसअघि नै समाप्त भइसकेको छ ।

चितवनको भने प्लेअफ खेल्ने यसअघि नै तय भइसकेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
43m ago
टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित...

#कर्णाली #पहिले #ब्याटिङ
Compare →
Onlinekhabar
18m ago
हुसेन तलतको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

हुसेन तलतको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले हुसेन तलतको अर्धशतक मद्दतमा निर्धारित २० …

#कर्णाली #दियो #चितवन
Compare →
Nagarik News
48m ago
एनपीएलः चितवनलाई कर्णालीले दियो १५४ रनको लक्ष्य, लगातार तेस्रो खेलमा मिलर सस्तैमा आउट

एनपीएलः चितवनलाई कर्णालीले दियो १५४ रनको लक्ष्य, लगातार तेस्रो खेलमा मिलर सस्तैमा आउट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५३ रनको योगफल तयार पारेको हो।

#कर्णाली #दियो #चितवन
Compare →
Hamro Patro News
54m ago
तस्बिरमा हेर्नुहोस्, कर्णालीको ब्याटिङ र चितवनको बलिङ

तस्बिरमा हेर्नुहोस्, कर्णालीको ब्याटिङ र चितवनको बलिङ

काठमाडाैँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको कर्णालीले चितवन राइनोजविर...

#कर्णाली #ब्याटिङ #चितवन
Compare →

Related Stories

Sports
Build #2612