Trending
Prev Story
Next Story

नेतन्याहूलाई आइजेनकोटले भने– वार्ताको नाटकले म प्रभावित हुन्न

Onlinekhabar •
November 15, 2026 • 09:01 AM
4
4 reads 0 reactions

इजरायलका नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई वार्ताका नाममा राजनीतिक नाटक गरेको आरोप लगाएका छन् । एक्समा पोस्ट गर्दै आइजेनकोटले नेतन्याहूले वार्ताका लागि भेट्न गरेको आह्वान अर्को राजनीतिक चालबाजी भएको बताएका छन् । उनका अनुसार येश अतिद …

नेतन्याहूलाई आइजेनकोटले भने– वार्ताको नाटकले म प्रभावित हुन्न

इजरायलका नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई वार्ताका नाममा राजनीतिक नाटक गरेको आरोप लगाएका छन् ।

एक्समा पोस्ट गर्दै आइजेनकोटले नेतन्याहूले वार्ताका लागि भेट्न गरेको आह्वान अर्को राजनीतिक चालबाजी भएको बताएका छन् ।

उनका अनुसार येश अतिद र लिकुड पार्टीका वार्ता टोलीबीचको बैठक अर्को दिनका लागि यसअघि नै तय भइसकेको थियो ।

नेतन्याहूले राष्ट्रिय एकताको कुरा गरिरहेको भए पनि संसद् (नेसेट) मा भइरहेको औपचारिक सरकारी प्रक्रियाको अपमान गरिरहेको आइजेनकोटको आरोप छ । उनले नेतन्याहूमाथि देशमा विभाजन र उत्तेजना फैलाउने राजनीति गरेको आरोपसमेत लगाएका छन् ।

‘प्रयास राम्रो हो, तर यस्ता चालले न मलाई प्रभावित पार्छन्, न इजरायली नागरिकलाई,’ उनले भनेका छन् ।

आइजेनकोटले नेतन्याहू चुनावमा आफ्नो पराजयबारे जानकार रहेको दाबी गरेका छन् । इजरायली नागरिक र संसद् दुवैमा नेतन्याहूविरुद्ध स्पष्ट बहुमत रहेको पनि उनको भनाइ छ ।

यसअघि नेतन्याहूले आइजेनकोटसँग राष्ट्रिय एकताको सरकार गठन गर्न पुनः आह्वान गरेका थिए ।

एक्समा पोस्ट गर्दै उनले इजरायलसामु रहेका सुरक्षा चुनौतीको सामना गर्न राष्ट्रिय एकताको सरकार आवश्यक रहेको बताएका थिए । उनका अनुसार इजरायलका लागि सबैभन्दा ठूलो सुरक्षा खतरा इरान हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
इजरायलमा नेतन्याहूलाई नै सरकारमा सामेल गराउन आइजेनकोट तयार

इजरायलमा नेतन्याहूलाई नै सरकारमा सामेल गराउन आइजेनकोट तयार

काठमाडौं । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको बताएका छन् । राष्ट्रपति इसाक हर्जोगले सरकार गठनको जिम्...

#नेतन्याहू #आइजेनकोट
Compare →
Arthasansar
1w ago
नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

इजरायलका राष्ट्रपति इसाक हर्जोगले पूर्वप्रधानसेनापति गादी आइजेनकोटलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिएका छन्। वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछि पार्दै...

#आइजेनकोट
Compare →
Ekantipur
1w ago
इजरायलमा नेतान्याहू होइन, आइजेनकोटलाई दिइयो सरकार गठनको जिम्मेवारी

इजरायलमा नेतान्याहू होइन, आइजेनकोटलाई दिइयो सरकार गठनको जिम्मेवारी

राष्ट्रपति आइज्याक हर्जोगको निर्णयपछि पूर्वसैनिक प्रमुख आइजेनकोटले राष्ट्रिय आपत्कालीन सरकार बनाउने आह्वान गर्दै राजनीतिक गतिरोध अन्त्य गर्ने चुनौती सामना गरेका छन्।

#आइजेनकोट
Compare →

Related Stories

Politics & Governance
Build #2612