Trending
Prev Story
Next Story

कपाल राम्रो र स्वस्थ राख्न हप्तामा कति पटक स्याम्पूले धुने ?

Onlinekhabar •
November 15, 2026 • 06:31 AM
3
3 reads 0 reactions

कपाललाई हाम्रो शरीरको शोभा मानिन्छ । कपालले लुक्समा धेरै प्रभाव पार्ने गर्छ । कपाललाई स्वस्थ र राम्रो बनाइराख्न कति दिनको अन्तरालमा धुने भन्ने प्रश्न धेरैको मनमा उठ्ने गर्छ । कपाल धुने तरिका सही नभएमा फाइदाभन्दा …

कपाल राम्रो र स्वस्थ राख्न हप्तामा कति पटक स्याम्पूले धुने ?

कपाललाई हाम्रो शरीरको शोभा मानिन्छ । कपालले लुक्समा धेरै प्रभाव पार्ने गर्छ । कपाललाई स्वस्थ र राम्रो बनाइराख्न कति दिनको अन्तरालमा धुने भन्ने प्रश्न धेरैको मनमा उठ्ने गर्छ । कपाल धुने तरिका सही नभएमा फाइदाभन्दा बढी नोक्सान हुन सक्छ । कहिलेकाहीँ धेरै छिटोछिटो कपाल धुँदा त्यसमा रहेको प्राकृतिक तेल हट्न सक्छ भने लामो समयसम्म नधुँदा कपालमा तेल र फोहोर जमेर कपाल रुखो र नराम्रो देखिन सक्छ ।

त्यसैले कपाल सफा देखिनुका साथै त्यसको प्राकृतिक चमक र बाक्लोपन कायम राख्न हप्तामा कति पटक स्याम्पू गर्नुपर्छ भन्ने कुरा जान्नु आवश्यक छ।

हप्तामा कति पटक कपाल धुने भन्ने कुरा टाउकोको छाला र कपालको प्रकारमा निर्भर गर्छ । सबैभन्दा पहिले आफ्नो टाउकोको छाला धेरै चिल्लो छ कि सुख्खा छ वा सामान्य अवस्थामा छ भन्ने बुझ्नुपर्छ।

त्यसैगरी, कपालको बनावट पनि हेर्नुपर्छ । कपाल पातलो छ कि बाक्लो, सिधा छ कि घुम्रिएको भन्ने कुराले पनि कपाल धुने समय निर्धारण गर्छ । कपालमा रङ लगाइएको छ भने त्यसले पनि कपाल धुने अन्तराललाई प्रभावित पार्न सक्छ।

यदि कपाल धेरै चिल्लो छ र पातलो पनि छ भने हप्तामा तीन पटकसम्म धुन सकिन्छ।

सामान्य वा सुख्खा कपाल भएका व्यक्तिका लागि हप्तामा दुईदेखि तीन पटक धुनु पर्याप्त हुन्छ।

फुस्रो, लहरिएको र रङ लगाइएको कपाललाई हप्तामा एकदेखि दुई पटक धुन सकिन्छ । तर, बीचमा कपाल फोहोर भएमा वा आवश्यक महसुस भएमा धुन सकिन्छ।

यदि तपाईं नियमित व्यायाम गर्नुहुन्छ वा तपाईंको कपाल अत्यधिक चिल्लो हुन्छ भने दैनिक कपाल धुन सकिन्छ । पसिना धेरै आउने अवस्थामा पनि कपाल र टाउकोको छाला सफा राख्न आवश्यक हुन सक्छ । तर, सामान्य अवस्थामा भने हरेक दिन कपाल धुनु आवश्यक हुँदैन ।

हरेक दिन स्याम्पू लगाउँदा के हुन्छ ?

स्याम्पूको मुख्य काम कपालमा जमेको फोहोर, अतिरिक्त तेल र अन्य पदार्थ हटाउनु हो । तर, कुनै आवश्यकता नभई हरेक दिन सफा कपालमा समेत स्याम्पू लगाउनु उपयुक्त हुँदैन । यसो गर्दा टाउकोको छालामा रहेको प्राकृतिक तेल पनि हट्न सक्छ ।

यसले कपाललाई सुख्खा र खस्रो बनाउनुका साथै फुस्रो बनाउन सक्छ । कपालको प्राकृतिक चिल्लोपन र चमकसमेत कम हुन सक्छ।

लामो समयसम्म स्याम्पू नलगाउँदा के हुन्छ ?

लामो समयसम्म स्याम्पू लगाएर कपाल नधुँदा टाउकोको छालामा फोहोर र अन्य पदार्थ जम्न सक्छन् । पसिना र तेल जम्मा हुन थाल्छ । त्यस्तै, वायु प्रदूषणका सूक्ष्म कण पनि कपालमा टाँसिन सक्छन्।

यसले टाउकोको छालामा फोहोरको तह जम्ने, कपाल चिपचिपे हुने र कपालको स्वास्थ्यमा असर पर्ने समस्या निम्त्याउन सक्छ । लामो समयसम्म सफाइमा ध्यान नदिँदा कपाल बिग्रन पनि सक्छ ।

सरल भाषामा भन्नुपर्दा, आफ्नो कपालको अवस्था हेरेर कति पटक धुने भन्ने निर्णय गर्नुपर्छ । कपाल सुख्खा छ भने हप्तामा दुई पटक र धेरै चिल्लो छ भने तीनदेखि चार पटकसम्म धुन सकिन्छ । कपाल फोहोर वा चिपचिपे देखिन थालेमा तोकिएको समय कुर्नुपर्दैन । आवश्यकताअनुसार बीचमा पनि कपाल धुन सकिन्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
5d ago
बचत कहाँ गर्ने, ऋण कति लिने र जोखिम कसरी धान्ने ? राष्ट्र बैंकको यो सूत्र तपाईलाई काम लाग्नसक्छ

बचत कहाँ गर्ने, ऋण कति लिने र जोखिम कसरी धान्ने ? राष्ट्र बैंकको यो सूत्र तपाईलाई काम लाग्नसक्छ

काठमाण्डौ । निक्षेपमा ब्याज कति आउँछ, सेयरबाट कति कमाइ हुन्छ वा ऋणको मासिक किस्ता कति पर्छ भन्ने हिसाबले मात्रै सही...

#कति #भन्ने
Compare →
Nagarik News
1d ago
सांसदहरूको विदेश भ्रमणबारे आशिकाको प्रश्न : राज्यको खर्चमा कति पटक विदेश जान पाइन्छ ?

सांसदहरूको विदेश भ्रमणबारे आशिकाको प्रश्न : राज्यको खर्चमा कति पटक विदेश जान पाइन्छ ?

'राज्यको ढुकुटीबाट एउटा सांसद कति पल्ट विदेश भ्रमण गर्न पाउँछ? जनताले थाहा पाउने त परको कुरा आफ्नै पार्टीभित्रका अन्य सांसदहरूलाई समेत थाहा पत्तो हुँदैन उहाँहरू के लागि विदेश जानु भो भनेर!' उनले भनिन्।

#कति #पटक
Compare →

Related Stories

Technology
Build #2612