Trending
Prev Story
Next Story

ड्रुक्पा काग्यु सम्मेलनमा बाढीपीडितका लागि १ लाख अमेरिकी डलरसहित २१ लाख रुपैयाँ सहयोग

Ekantipur •
November 15, 2026 • 06:02 AM
4
4 reads 0 reactions

काठमाडौंको रामकोटस्थित ड्रुक अमिताभ (सेतो गुम्बा) मा शनिबार आयोजित ११औँ ड्रुक्पा काग्यु वार्षिक सम्मेलनका क्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो।

ड्रुक्पा काग्यु सम्मेलनमा बाढीपीडितका लागि १ लाख अमेरिकी डलरसहित २१ लाख रुपैयाँ सहयोग

काठमाडौंको रामकोटस्थित ड्रुक अमिताभ (सेतो गुम्बा) मा शनिबार आयोजित ११औँ ड्रुक्पा काग्यु वार्षिक सम्मेलनका क्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो।

काठमाडौँ — ड्रुक्पा पेमा काबो सोसाइटीले भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको पुनःस्थापना तथा राहतका लागि नेपाल सरकारलाई १ लाख अमेरिकी डलर र थप २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

काठमाडौंको रामकोटस्थित ड्रुक अमिताभ (सेतो गुम्बा) मा शनिबार आयोजित ११औँ ड्रुक्पा काग्यु वार्षिक सम्मेलनका क्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो। सम्मेलनमा उपस्थित ड्रुक्पा परम्पराका धर्मगुरु थिक थाङ फोङले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि १ लाख अमेरिकी डलर सहयोग प्रदान गरेका हुन्। त्यस्तै, नेपालका ड्रुक्पा भिक्षुणीहरूको संस्था ड्रुक्पा डोल्मो कर्पो सोसाइटीले २१ लाख रुपैयाँ सहयोग गरेको छ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई प्रमुख अतिथि बनाएर आयोजित कार्यक्रममा दुवै सहयोग रकम सरकारका तर्फबाट हस्तान्तरण गरिएको हो। गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको जीवन पुनर्निर्माण तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको आयोजकले जनाएको छ।

यसअघि ड्रुक्पा समुदायले भोटेकोशी क्षेत्रका बाढीपीडितलाई राहत सामग्रीसमेत वितरण गरेको थियो। कार्यक्रममा मुख्यमन्त्री थापा मगरले नेपाल बुद्धको जन्मभूमि भनेर चिनाउनु मात्रै पर्याप्त नभएको भन्दै बुद्धले दिएका शान्ति, करुणा, अहिंसा र सहअस्तित्वका सन्देशलाई व्यवहार, सामाजिक सम्बन्ध र राष्ट्रिय नीतिमा आत्मसात् गर्नुपर्ने बताए।

विश्वका विभिन्न क्षेत्रमा युद्ध, हिंसा र मानवीय संकट बढिरहेका बेला बुद्ध दर्शनले दिएको करुणा, संयम र मध्यम मार्गको शिक्षा अझ सान्दर्भिक बनेको उनको भनाइ थियो। 'हामीले संसार बदल्नुअघि आफ्नो सोच बदल्न सक्नुपर्छ। शान्त समाजको सुरुवात शान्त मनबाट हुन्छ र शान्त विश्वको सुरुवात शान्त समाजबाट हुन्छ,' उनले भने।

नेपालको धार्मिक, भाषिक तथा सांस्कृतिक विविधता राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले हिन्दु, बौद्ध, किरात, इस्लाम, इसाईलगायत विभिन्न धर्मावलम्बी शताब्दीयौँदेखि आपसी सद्भाव र सहअस्तित्वमा बस्दै आएको बताए। धर्मलाई प्रतिस्पर्धा र विभाजनको माध्यम बनाउनुभन्दा सबै धर्मका असल मूल्यलाई मानव कल्याणसँग जोड्नुपर्ने उनले बताए। धार्मिक स्वतन्त्रता, सांस्कृतिक पहिचान र सामाजिक सद्भावको संरक्षण गर्नु राज्य र समाज दुवैको जिम्मेवारी भएको उनको भनाइ थियो।

उनले ड्रुक्पा काग्यु परम्पराले ध्यान, साधना, करुणा, अनुशासन, आत्मसंयम र मानव सेवालाई दिएको प्राथमिकताको प्रशंसा गर्दै आध्यात्मिकताको वास्तविक अर्थ समाजको दुःख र पीडा बुझेर त्यसको समाधानमा योगदान गर्नु रहेको बताए। सेतो गुम्बाले धार्मिक तथा आध्यात्मिक गतिविधिका अतिरिक्त स्वास्थ्य सेवा, वातावरण संरक्षण, सरसफाइ र सामुदायिक सेवामा पुर्‍याउँदै आएको योगदानको पनि उनले प्रशंसा गरे।

मुख्यमन्त्री थापा मगरले नेपालको आर्थिक तथा पर्यटन विकासमा धार्मिक र आध्यात्मिक पर्यटनको सम्भावना रहेको उल्लेख गरे। लुम्बिनी, स्वयम्भू, बौद्धनाथ, नमोबुद्ध तथा विभिन्न गुम्बा र विहारलाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्न सके पर्यटनसँगै स्थानीय रोजगारी, यातायात, हस्तकला र साना व्यवसायको विकासमा समेत योगदान पुग्ने उनले बताए।

ड्रुक्पा काग्यु परम्पराको ११औँ वार्षिक सम्मेलन नोभेम्बर १३ देखि १७ सम्म काठमाडौंको रामकोटस्थित सेतो गुम्बामा सञ्चालन भइरहेको छ। सम्मेलनमा नेपालसहित विभिन्न देशका बौद्ध धर्मगुरु, भिक्षु, भिक्षुणी, आध्यात्मिक साधक तथा प्रतिनिधिहरू सहभागी छन्।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन्। सम्मेलनका क्रममा गृहमन्त्री ...

#सम्मेलन
Compare →
Nagarik News
1d ago
पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

सम्मेलनको मूल कार्यक्रम र साइडलाइन छलफलमा नेपालका पाँच मन्त्री सहभागी भएपछि उनीहरूको उपस्थितिसँगै त्यहाँ उठाइएका विषय र सहभागिताको औचित्यबारे पनि चर्चा सुरु भएको छ।

#सम्मेलन
Compare →
Onlinekhabar
1d ago
कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

२७ कात्तिक, काठमाडौं । टर्किएको अन्ताल्यामा पाँच दिनदेखि संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) चलिरहेको छ। उक्त सम्मेलनमा संसारभरका सरकारका प्रतिनिधि र विज्ञहरू सहभागी भएका छन् । त्यही सम्मेलनको मूल र साइडलाइन कार्यक्रमका लागि नेपालबाट भने …

#सम्मेलन
Compare →

Related Stories

Science & Climate
Build #2612