Trending
Prev Story
Next Story

सम्बन्ध

Nagarik News •
November 15, 2026 • 03:16 AM
3
3 reads 0 reactions

भूमिगत राजनिति सहज थिएन। ज्यान जोखिममा राखेर जनताको मुत्तिको निमित्त भीमाहरू सङ्गठित भएका थिए।

सम्बन्ध

“भीमा कमरेड , कमरेड गौरव तपाईसँग जीवन गाँस्न चाहन्छन्। तपाईको गौरवप्रति के धारणा छ ?” आज्ञाले जिज्ञासा पोखी।

“आज्ञा कमरेड, क्रान्तिले हामीलाई व्यक्तिगत जीवन जिउन छुट दिन्छ र? पार्टीले उचित ठाने मैले पार्टी निर्देशन शिरोधार्य गर्नै पर्छ। गौरव कमरेड शालीन र दृढ विचारको नेता जस्तो लाग्छ। ” भीमाले आफ्नो तर्क प्रस्तुत गरी।

भीमा र आज्ञा प्लाटुन कमाण्डर हुन्। सिन्धुली मोर्चामा यिनीहरूको भेट भएको थियो। सिन्धुलीदेखि प्यूठानसम्मको १५ दिने भूमिगत यात्राले यिनीहरूलाई झनै नजिक बनाएको  थियो। एच.ए. को जागिर त्यागेर गौरव क्रान्तिमा सामेल थियो। घाइते अपाङ्गको प्राथमिक उपचारको जिम्मेवारी सम्हाल्ने क्रममा भीमासँग उसको भेट सल्यानमा भएको थियो। भीमाको घर संखुवासभाको खराङ हो। प्रमाणपत्र तह उत्तीर्ण भीमा शिक्षक थिई। निम्न मध्यमवर्गीय परिवारमा हुर्किएकी भीमा कठोर र विद्रोही स्वभावकी थिई। नारीलाई हेर्ने सामाजिक दृष्टिकोणप्रति असहमति जनाउँदै उसले क्रान्तिको बाटो रोजेकी थिई।

भूमिगत राजनीति सहज थिएन। ज्यान जोखिममा राखेर जनताको मुत्तिको निमित्त भीमाहरू सङ्गठित भएका थिए। छापामार तालिम सम्पन्न गरी भीमाले प्लाटुन कमाण्डरको जिम्मेवारी पाएकी थिई।

व्यक्तिगत जीवन परित्याग गरेकी भीमाले व्यक्तिगत जीवन जिउने कुरा सोचेकै थिइन। एकाएक आज्ञाले व्यक्तिगत जीवनको कुरा उठाएपछि भीमाको मन उद्वेलित भएको छ।

भीमा र गौरवको ऐतिहासिक सम्बन्ध स्थापित हुने कुराप्रति आज्ञा आशावादी नहुनुपर्ने कुनै कारण छ र?

प्रकाशित: २९ कार्तिक २०८३ ०९:०१ आइतबार

Prev Swipe Story Next

Related Stories

Politics & Governance
Build #2612