Trending
Prev Story
Next Story

छठमा मधेस झरे शीर्ष नेताहरू, पूजाअर्चनासँगै सुरक्षा सतर्कता उच्च

Nagarik News •
November 15, 2026 • 02:51 AM
4
4 reads 0 reactions

मधेस प्रदेशको लोकआस्था, धार्मिक परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको छठ महापर्व यस वर्ष राजनीतिक नेतृत्वको उल्लेख्य उपस्थितिका कारण थप चर्चामा आएको छ।

छठमा मधेस झरे शीर्ष नेताहरू, पूजाअर्चनासँगै सुरक्षा सतर्कता उच्च

मधेस प्रदेशको लोकआस्था, धार्मिक परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको छठ महापर्व यस वर्ष राजनीतिक नेतृत्वको उल्लेख्य उपस्थितिका कारण थप चर्चामा आएको छ।

संघीय राजधानी काठमाडौंमा राजनीतिक गतिविधिमा व्यस्त रहने विभिन्न दलका शीर्ष नेताहरू छठ मनाउन मधेसका गाउँबस्ती तथा धार्मिकस्थलसम्म पुगेर सहभागिता जनाएका छन्। राजनीतिक नेतृत्वको यो उपस्थितिले छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै मधेसको राजनीतिक र सामाजिक महत्त्वलाई समेत उजागर गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित शनिबार जनकपुरधाम आइपुगेका छन्। उनी जनकपुरस्थित ऐतिहासिक गंगासागरमा आयोजित छठ महापर्वको पूजामा सहभागी हुन जनकपुर आएका हुन्। काठमाडौंबाट जनकपुर पुगेका लामिछानेलाई स्वागत तथा भेटघाट गर्न मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो। उनको जनकपुर आगमनलाई धार्मिक सहभागिताका साथै मधेसमा पार्टीको संगठनात्मक सम्बन्ध विस्तार र जनसम्पर्कका दृष्टिले पनि हेरिएको छ।

यसैगरी नेपाली कांग्रेसका सभापति गगन थापा छठ महापर्व मनाउन सर्लाही पुग्ने कार्यक्रम रहेको छ। आइतबार बिहान काठमाडौंंबाट सिमरा हुँदै सर्लाही क्षेत्र नम्बर ४ का विभिन्न छठघाटमा पुगेर पूजाअर्चना गर्ने उनको कार्यक्रम तय भएको छ। त्यस्तै, सभामुख डिपी अर्याल वीरगन्जस्थित घडिअर्वा पोखरीमा आयोजना हुने छठ महापर्वमा सहभागी भई पूजाअर्चना गर्न आउने भएका छन्। छठ पर्वका लागि घडिअर्वा पोखरीलाई आकर्षक रूपमा सजाइएको छ। पोखरी परिसरमा गरिएको सजावटले धार्मिक उत्सवलाई थप भव्य बनाएको छ।

स्वास्थ्य मन्त्री निशा मेहता पनि छठ महापर्व मनाउन महोत्तरीस्थित आफ्नो पुर्ख्यौली घर पुगेकी छन्। नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि छठ पर्व मनाउन आफ्नो गृहजिल्ला रौतहट आइपुगेका छन्।

यस वर्षको छठमा राजनीतिक दलका शीर्ष नेतृत्वदेखि राज्यका उच्च पदस्थ व्यक्तित्वसम्मको सहभागिताले मधेस प्रदेशलाई राजनीतिक तथा धार्मिक रूपमा थप चर्चाको केन्द्र बनाएको छ। मधेसको माटो, संस्कृति र जनजीवनसँग गहिरो सम्बन्ध राख्ने छठ पर्वमा काठमाडौंकेन्द्रित राजनीतिक नेतृत्वको प्रत्यक्ष सहभागितालाई स्थानीय तहमा जनतासँग जोडिने अवसरका रूपमा समेत हेरिएको छ।

मधेस प्रदेशका विभिन्न जिल्लामा रहेका पोखरी, नदी, खोला तथा अन्य जलाशयहरूलाई छठ पर्वका लागि बेहुलीझैँ सिँगारिएको छ। विशेषगरी प्रदेश राजधानी जनकपुरधामको गंगासागर र आर्थिक नगरी वीरगन्जको घडिअर्वा पोखरीमा गरिएको आकर्षक सजावटले पर्वको रौनक थप बढाएको छ। छठघाटहरूमा सरसफाइ, प्रकाश व्यवस्था, स्वागतद्वार, पूजास्थल तथा श्रद्धालुहरूको सुविधाका लागि विभिन्न तयारी गरिएको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न हजारौँ व्रतालु तथा श्रद्धालुहरू घाटमा पुग्ने भएकाले स्थानीय तह र सुरक्षा निकायसमेत तयारीमा जुटेका छन्।

छठको रौनकसँगै सुरक्षा चुनौती छठ पर्वको अवसरमा राजनीतिक दलका शीर्ष नेताहरूको आवागमन, धार्मिकस्थलमा श्रद्धालुको अत्यधिक भीड तथा पर्व मनाउन सहरबाट गाउँ फर्किने सर्वसाधारणको चहलपहल बढेसँगै मधेस प्रदेशमा सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिइएको छ।

छठ मनाउन ठुलो संख्यामा मानिसहरू आफ्नो सहरी घर छाडेर गाउँ तथा पुर्ख्यौली थलो पुग्ने भएकाले सहरी क्षेत्रमा घर तथा सम्पत्तिको सुरक्षालाई समेत प्रहरीले विशेष निगरानीमा राखेको छ। अर्कोतर्फ, प्रमुख छठघाटमा हुने भिडभाड, विशिष्ट व्यक्तिहरूको आवागमन, सवारी व्यवस्थापन र सम्भावित अवाञ्छित गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा रणनीति कार्यान्वयन गरिएको छ।

मधेस प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकालका अनुसार छठ पर्वमा विशिष्ट व्यक्तिहरूको उल्लेख्य सहभागिता रहने र ठुलो संख्यामा सर्वसाधारण सहरबाट गाउँ जाने भएकाले प्रदेशभर सुरक्षा सतर्कता बढाइएको बताए।

धार्मिकस्थल तथा छठघाटमा हुने भीड व्यवस्थापन, शान्तिसुरक्षा कायम, सम्भावित आपराधिक गतिविधि नियन्त्रण र घर छाडेर गाउँ गएका नागरिकको सम्पत्तिको सुरक्षालाई ध्यानमा राखेर प्रहरी परिचालन तथा सुरक्षा रणनीति अपनाइएको बताए।

छठ पर्वको धार्मिक पवित्रता र सांस्कृतिक गरिमा कायम राख्दै श्रद्धालुहरूलाई सुरक्षित वातावरणमा पूजाअर्चना गर्ने व्यवस्था मिलाउनु प्रहरी प्रशासनका लागि प्रमुख चुनौती बनेको छ। विशेषगरी साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने समयमा घाटहरूमा अत्यधिक भीड हुने भएकाले सुरक्षा निकायले थप सतर्कता अपनाउनुपर्ने देखिन्छ।

यसरी यस वर्षको छठ महापर्व मधेस प्रदेशमा धार्मिक उत्सवमा मात्र सीमित नरही राजनीतिक नेतृत्वको जनसम्पर्क, मधेसको सांस्कृतिक पहिचानको प्रवर्द्धन र सुरक्षा व्यवस्थापनको दृष्टिले समेत महत्त्वपूर्ण बनेको छ।

लोकआस्थाको यो महापर्वले राजनीतिक नेतृत्वलाई मधेसको जनजीवनसँग जोड्ने अवसर प्रदान गरेको छ भने राज्यका सुरक्षा निकायका लागि शान्तिपूर्ण र सुरक्षित वातावरणमा पर्व सम्पन्न गराउने जिम्मेवारी पनि थपिएको छ।

प्रकाशित: २९ कार्तिक २०८३ ०८:३६ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
18h ago
बाध्यतावश मधेसको नेतृत्व गर्नुपर्ने हुन सक्छ : मनिष सुमन

बाध्यतावश मधेसको नेतृत्व गर्नुपर्ने हुन सक्छ : मनिष सुमन

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेता मनिष सुमनले बाध्यतावश मधेस प्रदेशको नेतृत्व गर्नुपर्ने हुन सक्ने बताएका छन् । नेपाली कांग्रेसका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिन नसकेर राजीनामा द...

#मधेस #नेतृत्व
Compare →
Onlinekhabar
3d ago
बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

२६ कात्तिक, झापा । मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल …

#सुरक्षा #सतर्कता
Compare →

Related Stories

Politics & Governance
Build #2612