Trending
Prev Story
Next Story

विवादास्पद छविका अभिषेक गिरी सम्पर्कविहीन भएपछि घरमा टाँसियो प्रहरीको पत्र

Onlinekhabar •
November 14, 2026 • 07:00 AM
2
2 reads 0 reactions

२८ कात्तिक, विराटनगर । सम्पत्ति शुद्धीकरण कसुरको आरोपमा अनुसन्धानका लागि प्रहरीले बोलाउँदा नआएपछि प्रहरीले विवादास्पद छविका अभिषेक गिरीको घरमा सूचना टाँसेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बयानका लागि आउन भन्दै हुलाकमार्फत पठाएको पत्र बुझ्ने नभेटेपछि …

विवादास्पद छविका अभिषेक गिरी सम्पर्कविहीन भएपछि घरमा टाँसियो प्रहरीको पत्र

२८ कात्तिक, विराटनगर । सम्पत्ति शुद्धीकरण कसुरको आरोपमा अनुसन्धानका लागि प्रहरीले बोलाउँदा नआएपछि प्रहरीले विवादास्पद छविका अभिषेक गिरीको घरमा सूचना टाँसेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले बयानका लागि आउन भन्दै हुलाकमार्फत पठाएको पत्र बुझ्ने नभेटेपछि घरको भित्तामा सूचना टाँसिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार गिरीको घरमा सूचना टाँसिएको हो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा बयानका लागि बोलाउँदा नआएपछि मोरङ प्रहरीले गत १९ कात्तिकमा गिरीलाई हुलाकमार्फत पत्र काटेको थियो । तर प्रहरीले पक्राउ गर्ने सूचना पाएपछि गिरी फरार छन् ।

प्रहरीले काटेको  पत्रमा आफ्नो दसीप्रमाण तथा आवश्यक कागजातसहित सात दिनभित्र उपस्थित हुन अनुरोध भनिएको छ ।  पत्र काटेको सात दिन बित्दा पनि उनी सम्पर्कमा नआएपछि कानुनी प्रक्रियाको दोस्रो चरणअन्तर्गत घरमा सूचना टाँस गरेको हो ।

आपराधिक लाभ लिई संगठित अपराध गरेको आरोप लागेका गिरीविरुद्ध अहिले प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धान गरिरहेको छ । तर, उनी गत असोजदेखि भारत गएर बसेकाे प्रहरी स्राेतकाे दाबी छ ।

मोरङ कारागारका कैदीबन्दीलाई बाडेकाे १३ लाख बढी भत्ता गायब भएपछि  गत १३ असारमा गिरी पक्राउ परेका थिए ।

उच्च अदालत विराटनगरकाे आदेशपछि म्याद थप नभएपछि २३ असारमा छुटेका उनलाई साेही दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेकाे थियो ।

२१ साउनमा छुटेका उनलाई पुनः मोरङ प्रहरीले  नियन्त्रणमा लिएको थियो । उजुरीकर्तासँग मिलापत्रपछि उनी छुटेका थिए । त्यसपछि उनी सक्रिय भएनन् ।

नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका उनी पक्राउ पर्ने डरले  कांग्रेसकाे १५औं महाधिवेशनमा पनि सार्वजनिक रूपमा देखिएनन् ।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरी छुटेका उनीमाथि माेरङ कारागारमा असुली धन्धा चलाएको, निर्माण व्यवसायीकाे सम्पत्ति हडपेकाे आराेप छ । तर, उनी आवरणमा भने सामाजिक गतिविधि गर्थे । आफ्नै नेतृत्वमा खाेलेकाे गिरी फाउन्डेसन मार्फत सामाजिक गतिविधि गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
मोरङको प्रगति टोलमा घरमा  क्षति, एक जना घाइते

मोरङको प्रगति टोलमा घरमा  क्षति, एक जना घाइते

काठमाडौँ- मोरङको सुनवर्षी नगरपालिका ६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको...

#घरमा #मोरङ
Compare →
Nagarik News
17h ago
काठमाडौंको होमस्टेमा प्रहरीको छापा : यस्तो अवस्थामा ३७ जना समातिए

काठमाडौंको होमस्टेमा प्रहरीको छापा : यस्तो अवस्थामा ३७ जना समातिए

सोही सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले होमस्टेमा छापा मारेको थियो। त्यसक्रममा उनीहरू कौडा खेलिरहेको अवस्थामा भेटिएका थिए।

#सूचना #प्रहरीको
Compare →
Ekantipur
4d ago
बंगलादेश फर्कन राहदानी माग गर्दै शेख हसिनाद्वारा पत्र, सरकारद्वारा अस्वीकार

बंगलादेश फर्कन राहदानी माग गर्दै शेख हसिनाद्वारा पत्र, सरकारद्वारा अस्वीकार

सन् २०२४ मा विद्यार्थी आन्दोलनका कारण सत्ताच्युत भएर भारतमा आश्रय लिइरहेकी हसिनाले बंगलादेशी राहदानी र राष्ट्रिय परिचयपत्र पाउनका लागि लन्डनस्थित ल फर्ममार्फत दिल्लीस्थित बंगलादेशी दूतावासमा औपचारिक पत्र पठाएकी छिन्

#पत्र
Compare →

Related Stories

National (Nepal)
Build #2612