काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अर्को साता चीनमा भेटवार्ता गर्ने भएका छन् । ह्वाइट हाउसले तीन नेताबीच त्रिपक्षीय भेटवार्ता हुने पुष्टि गरेको छ ।
अमेरिका, रुस र चीनका नेताबीच हुन लागेको यो ऐतिहासिक भेटवार्ता ट्रम्प चीनको दक्षिणी सहर सेन्जेनमा आयोजना हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुने क्रममा हुनेछ । ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले पत्रकारहरूलाई यस्तो जानकारी दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )