काठमाडौं । भारतको मध्य प्रदेशमा रसगुल्ला भन्दै मुखमा दिएको विस्फोटक पदार्थ पड्किँदा एक युवकको मृत्यु भएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार राजेन्द्र बरौतियालाई उनका छिमेकी रामभगत सिंह बरौतियाले रसगुल्ला भन्दै जंगली बँदेल मार्न प्रयोग गरिने घरेलु बम दिएका थिए । मुखमा राखेर चपाउनेबित्तिकै उक्त वस्तु विस्फोट हुँदा राजेन्द्रको मृत्यु भएको हो ।
Read full story at source ( nepalviews.com )