Trending
Prev Story
Next Story

त्रिभुवन–धम्बोजी चोक : आधुनिकता र इतिहासका कथावाचक

Ekantipur •
April 25, 2026 • 09:29 AM
1
1 reads 0 reactions

त्रिभुवन चोकले परम्परा, इतिहास र जनचेतनाको प्रतिनिधित्व गर्छ । धम्बोजी चोकले आधुनिकता, विकास र भविष्यको संकेत दिन्छ ।

त्रिभुवन–धम्बोजी चोक : आधुनिकता र इतिहासका कथावाचक

त्रिभुवन चोकले परम्परा, इतिहास र जनचेतनाको प्रतिनिधित्व गर्छ । धम्बोजी चोकले आधुनिकता, विकास र भविष्यको संकेत दिन्छ ।

काठमाडौँ — नेपालगन्ज सहरको मुटु मानिने दुई महत्त्वपूर्ण चोक हुन्– त्रिभुवन चोक र धम्बोजी चोक । यी दुवै चोक केवल यातायातको संगम होइनन्– सामाजिक, आर्थिक र सांस्कृतिक जीवनका धड्कन पनि हुन् । यहाँको चहलपहल, मान्छेहरूको आवतजावत, पसलहरूको रौनक र समयको गतिले यी स्थानलाई सधैं जीवित राखेको छ ।

त्रिभुवन चोक, जसलाई प्रायः नेपालगन्जको ‘केन्द्रीय बिन्दु’ भनेर चिनिन्छ– इतिहास र वर्तमानको संगम हो । नेपालगन्ज नगर निर्माण हुँदाको बखत यो चोकको नाम ‘नाका चोक’ थियो । त्यस समय चोकको माझमा एउटा चारपाटे घर थियो, जसको माथिल्लो तलामा भन्सारका ठेकेदारले आयात–निर्यातमा भन्सार उठाउने गर्थे । त्यसैले त्यसको नाम ‘नाका चोक’ भएको थियो ।

१९९० सालको भूकम्पमा त्यो घर भत्किएपछि तत्कालीन बडाहाकिम तार्क्षविक्रम राणाले त्यस ठाउँमा जुद्धशमशेर राणाको सालिक बनाए । त्यसपछि यसलाई ‘जुद्ध चोक’ भनियो । २०१५ सालको नगर पञ्चायतले जुद्धशमशेरको सालिक भत्काई त्यहाँ ट्राफिक पोस्टको छाता बनाएपछि त्यसलाई ‘चोक बजार’ मात्रै भनियो । र, पछि नेपालका पूर्वराजा त्रिभुवन वीरविक्रम शाहको सालिक राखिएपछि यसको नाम ‘त्रिभुवन चोक’ राखियो । राजा त्रिभुवन, जसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए– उनको सालिक भएकाले यसको नाम त्रिभुवन चोक भएको हो ।

यस चोकमा उभिँदा इतिहासको गन्ध महसुस गर्न सकिन्छ । चारैतिर फैलिएका सडकहरूले सहरका विभिन्न भागलाई जोड्ने भएकाले यहाँ सधैं सवारीसाधनको भीड हुन्छ । बिहानदेखि साँझसम्मै यहाँ व्यापारिक गतिविधि अत्यन्त व्यस्त रहन्छ– कपडाका पसलहरू, इलेक्ट्रोनिक्स, खाद्यान्न र साना व्यवसायले यो क्षेत्रलाई जीवन्त बनाएको छ ।

त्रिभुवन चोक केवल व्यापारिक केन्द्र होइन, सामाजिक भेटघाटको पनि प्रमुख स्थान हो । मानिसहरू यहाँ भेट्न, कुराकानी गर्न र दैनिक जीवनका कथा साट्न आउँछन् । राजनीतिक दृष्टिले पनि यो स्थान निकै संवेदनशील र महत्त्वपूर्ण मानिन्छ । विभिन्न आन्दोलन, जुलुस र सभाहरू यहींबाट सुरु हुने गरेका छन् । यसले सहरको चेतना र जनआन्दोलनको प्रतीकका रूपमा पहिचान बनाएको छ ।

अर्कोतर्फ, धम्बोजी चोक पनि उत्तिकै महत्त्वपूर्ण र व्यस्त क्षेत्र हो । यो चोक नेपालगन्जको विस्तारसँगै निर्माण भएको हो । यो पश्चिमतर्फ गुलरिया जाने हुलाकी राजमार्ग, उत्तरतर्फ सुर्खेत जाने रत्न राजमार्ग र दक्षिणतर्फ भारत जाने बाटो भएकाले यस चोकको विशेष महत्त्व छ । आधुनिकता र विकासको संकेत बोकेको स्थान हो यो । यहाँ ठूला व्यापारिक भवन, बैंक तथा वित्तीय संस्था र विभिन्न सेवा केन्द्रहरू छन् । धम्बोजी चोकले विशेषगरी युवा पुस्तालाई आकर्षित गरेको देखिन्छ— क्याफे, रेस्टुरेन्ट र आधुनिक पसलले यसलाई नयाँ पुस्ताको भेटघाट स्थल बनाएको छ ।

धम्बोजी चोकको विशेषता हो– यसको व्यवस्थित संरचना र विस्तार । यहाँको सडक संरचना, ट्राफिक व्यवस्थापन, नयाँ भवनहरू र स्तरीय होटल–रेस्टुरेन्टले यो चोकलाई व्यवस्थित र आकर्षक बनाएको छ । यो चोक सहरको आर्थिक विकासको द्योतक हो, जहाँ नयाँ लगानी र व्यवसाय फस्टाउँदै गएका छन् । यहाँ दैनिक रूपमा हुने आर्थिक कारोबारले नेपालगन्जको समग्र अर्थतन्त्रलाई सुदृढ बनाइरहेको छ ।

यी दुई चोकबीचको सम्बन्ध पनि रोचक छ । त्रिभुवन चोकले परम्परा, इतिहास र जनचेतनाको प्रतिनिधित्व गर्छ भने धम्बोजी चोकले आधुनिकता, विकास र भविष्यको संकेत दिन्छ । दुवै चोक एकअर्काका पूरक जस्ता छन्— एकले सहरको जरा समातेको छ भने अर्कोले त्यसलाई भविष्यतर्फ डोर्‍याइरहेको छ ।

सांस्कृतिक दृष्टिले पनि यी चोक महत्त्वपूर्ण छन् । चाडपर्वका बेला यहाँ विशेष सजावट गरिन्छ, बजारहरू अझ बढी चहलपहलले भरिन्छन् । दसैं, तिहार, होली जस्ता पर्वमा यी स्थान झन् उज्यालो र रंगीन देखिन्छन् । मानिसको उत्साह, हर्षोल्लास र सामूहिकता यहाँ प्रस्ट देखिन्छ ।

त्रिभुवन चोक र धम्बोजी चोक नेपालगन्जका धड्कन हुन् । यी स्थानबिना सहरको कल्पना अपूर्ण हुन्छ । यहाँको जीवन, गति र विविधताले नेपालगन्जलाई एउटा जीवित, गतिशील र विकसित सहरका रूपमा चिनाउँछ । समयसँगै परिवर्तन भए पनि यी चोकको महत्त्व कहिल्यै कम हुने छैन । यहींबाट सहरको कथा सुरु हुन्छ र यहीं आएर फेरि नयाँ कथा जन्मिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
असिनाले ढाक्यो त्रिभुवन विमानस्थलको धावनमार्ग, आठ विमान आकाशमै होल्ड

असिनाले ढाक्यो त्रिभुवन विमानस्थलको धावनमार्ग, आठ विमान आकाशमै होल्ड

काठमाडौँ । राजधानी काठमाडौँमा बुधवार दिउँसो अचानक आएको हावाहुरी र बाक्लो असिनासहितको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ। धावनमार्ग र ट्याक्सी वेमा असिना जमे...

#त्रिभुवन
Compare →
Arthasansar
2d ago
असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

बाक्लो असिनासहित वर्षा भएपछि  बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे)   सञ्चालनमा आएकाे छ ।  धावनमार्गमा  जमेकाे असिना सफा...

#त्रिभुवन
Compare →
Onlinekhabar
4d ago
ट्रम्पको टिप्पणी : मध्यावधि निर्वाचन अमेरिकी इतिहासकै ठूलो प्रतिगमन

ट्रम्पको टिप्पणी : मध्यावधि निर्वाचन अमेरिकी इतिहासकै ठूलो प्रतिगमन

२३ कात्तिक, वासिङ्टन । यो वर्षको अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार टिप्पणी गरेका छन् । उनले निर्वाचनमा भएको ठूलो हारबाट अझ बलियो भएर फर्कने प्रतिबद्धता व्यक्त गरेका …

#इतिहास
Compare →
Nagarik News
6d ago
अब इतिहासमात्र सम्झेर हुँदैन: प्रकाशमान

अब इतिहासमात्र सम्झेर हुँदैन: प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब इतिहासको कुरा गरेर मात्र नहुने बताउँदै संगठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

#इतिहास
Compare →

Related Stories

Business & Economy
Build #2611