Trending
Prev Story
Next Story

आठ कार्यभारमा छलफल गर्न एमाले भेला

Nagarik News •
November 13, 2026 • 04:39 AM
1
1 reads 0 reactions

नेकपा एमालेले संगठनात्मक पुनर्संरचना, राजनीतिक कार्यदिशा र स्थानीय तह निर्वाचन तयारीलाई केन्द्रमा राखेर काठमाडौंमा दुईदिने राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको छ।

आठ कार्यभारमा छलफल गर्न एमाले भेला

नेकपा एमालेले संगठनात्मक पुनर्संरचना, राजनीतिक कार्यदिशा र स्थानीय तह निर्वाचन तयारीलाई केन्द्रमा राखेर काठमाडौंमा दुईदिने राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको छ। पार्टी संगठन विभागको अगुवाइमा अर्को साताको बुधबार र बिहीबारका लागि भेला डाकिएको हो।

एमाले संगठन विभागका अनुसार भेलामा तीन हजार बढी नेता, कार्यकर्ता तथा जनप्रतिनिधि सहभागी हुने छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट विभिन्न पालिकामा निर्वाचित प्रमुखहरू पनि भेलामा सहभागी हुने छन्।

भेलाको एउटा उद्देश्य आगामी स्थानीय तह निर्वाचन भएकाले विभिन्न स्थानीय तहमा पार्टीबाट निर्वाचित प्रमुखहरूलाई पनि सहभागी गराउन लागिएको एमालेले जनाएको छ।

भेलामा पार्टीका आगामी आठ कार्यभारमा छलफल हुने एमालेले जनाएको छ। एमालेले अघि सारेका आठ कार्यभारमा सत्यलाई जनस्तरसम्म पुर्‍याउने, आधारभूत वर्ग र समुदायसम्म संगठन विस्तार गर्ने, संगठनलाई योजनाबद्ध काम र मूल्यांकनमा आधारित बनाउने, युवा र महिलालाई पार्टीको जिम्मेवारी, निर्णय प्रक्रिया र नेतृत्वमा स्थापित गर्ने, पार्टी पुनर्जागरण गर्ने लगायत छन्। उसले प्रतिपक्षको भूमिका, डिजिटल प्रतिवाद र निरन्तर संघर्षलाई पनि आगामी कार्यभारका रूपमा अघि सारेको छ।

पार्टी पुनर्जागरणअन्तर्गत प्रत्येक कार्यकर्ताको आत्मविश्वास र जनसम्बन्ध बढाउने, प्रतिपक्षको भूमिकालाई नागरिक अधिकार र जनजीविकासँग जोड्ने एमालेको योजना छ। डिजिटल प्रतिवादलाई सत्यको विजय नभएसम्म निरन्तरता दिने र समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यमा नपुगेसम्म संघर्ष जारी राख्ने एमालेले भनेको छ।

भेलामा केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकायका प्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि र विभिन्न तहमा निर्वाचित जनप्रतिनिधि गरी ३ हजार १६४ जना सहभागी हुने एमालेले जनाएको छ।

भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थिति, पार्टीको राजनीतिक दृष्टिकोण र आगामी कार्यदिशालाई प्राथमिकतामा राखेर सम्बोधन गर्ने छन्। वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि सम्बोधन गर्ने बताइएको भेलामा उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वमा बनेका सरकारले गरेका काम तथा उपलब्धिसम्बन्धी, महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र आगामी निर्वाचन कार्ययोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने छन्।

एमालेले भेलालाई पार्टीपंक्तिमा एकरूप बुझाइ विकास गर्ने, संगठनलाई सक्रिय बनाउने र पार्टी जीवनमा पुनर्ताजगी ल्याउने अवसरका रूपमा लिएको छ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले बेहोरेको पराजयपछि नेता तथा कार्यकर्तामा देखिएको निराशा र संगठनात्मक असहजता सम्बोधन गर्नु पनि भेलाको एउटा उद्देश्य रहेको पार्टी प्रचार सामग्रीमा उल्लेख छ।

भेलाबाट वडा तथा पालिका अधिवेशनलाई एकताबद्ध र व्यवस्थित रूपमा सम्पन्न गर्ने वातावरण पनि निर्माण हुने एमाले नेतृत्वको अपेक्षा छ।

प्रकाशित: २७ कार्तिक २०८३ १०:२४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
आठ कार्यभारमा छलफल गर्न एमाले भेला

आठ कार्यभारमा छलफल गर्न एमाले भेला

नेकपा एमालेले संगठनात्मक पुनर्संरचना, राजनीतिक कार्यदिशा र स्थानीय तह निर्वाचन तयारीलाई केन्द्रमा राखेर काठमाडौंमा दुईदिने राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको छ। पार्टी संगठन विभागको अगुवाइमा अर्...

#भेला #निर्वाचन #एमा
Compare →
Bizshala
8h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#भेला #एमा #कार्यकर्ता
Compare →
Ekantipur
6d ago
मधेशमा जसपाको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र नेकपाको कसरत

मधेशमा जसपाको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र नेकपाको कसरत

एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ भने नयाँ सरकारबारे जसपा अझै अनिर्णीत छ ।

#एमा
Compare →
Onlinekhabar
1w ago
मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण

मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण

२० कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित नयाँ सत्ता समीकरण बन्ने भएको छ । सरकारको नेतृत्व जसपा नेपालले गर्ने सम्भावना बढी रहेको नेताहरु बताउँछन् …

#एमा
Compare →

Related Stories

Politics & Governance
Build #2611