Trending
Prev Story
Next Story

विश्वमा पहिलोपटक मानव मस्तिष्कबाट निकालियो जीवित कीरा

Bizshala •
October 13, 2026 • 03:23 AM
1
1 reads 0 reactions

काठमाण्डौ । अस्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा विश्वमै पहिलोपटक ८ सेन्टिमिटर लामो कीरा भेटिएको वैज्ञानिकहरुले...

विश्वमा पहिलोपटक मानव मस्तिष्कबाट निकालियो जीवित कीरा

काठमाण्डौ । अस्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा विश्वमै पहिलोपटक ८ सेन्टिमिटर लामो कीरा भेटिएको वैज्ञानिकहरुले बताएका छन्।

यी महिला मूलतः इंग्ल्यान्डकी हुन्। गत वर्ष क्यानबेरामा एक महिलाको शल्यक्रिया गर्दा मस्तिष्कको अगाडिको भागमा क्षतिग्रस्त तन्तुबाट ‘तार जस्तो’ वस्तु निकालिएको थियो। यो रातो रङको कीरा महिलाको दिमागमा करिब २ महिनादेखि बसेको हुनुपर्ने वैज्ञानिकहरुको निष्कर्ष छ।

वैज्ञानिकहरुले यो घटनाले जनावरबाट मानिसमा रोग र संक्रमण फैलाउने जोखिम कसरी बढ्दैछ भन्ने तर्कलाई बल पुर्याएको चेतावनी दिएका छन्। क्यानबेरा अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर सञ्जय सेनयेकले भने, ‘अपरेटिङ थिएटरमा रहेका सबैजना स्तब्ध भए जब डाक्टरले केही असामान्य देखे र यसलाई हटाए, जुन जीवित ८ सेन्टिमिटर लामो रातो कीरा थियो।’

‘यो पूर्णतया नयाँ प्रकारको संक्रमण हो, जुन आजभन्दा पहिले कुनै पनि मानिसमा भेटिएको थिएन’, सेनयेकले भने।

अस्ट्रेलियामा पाइने कार्पेट पाइथन नामक सर्पमा यस्ता कीरा प्रायः पाइने चिकित्सकहरु बताउँछन्। वैज्ञानिकहरुका अनुसार सम्भवतः ती महिला तालको छेउमा बस्छिन् र वरिपरि फलेको हरियो सागसब्जी खाएर यो कीरा उनको दिमागमा पुगेको हुन सक्छ।

इमर्जिङ इन्फेक्सियस डिजिजेज जर्नलमा अस्ट्रेलियाका विज्ञ मेहराब हुसेनले अनुमान गरेका छन् कि ती महिलाले अजिंगरको मल र परजीवीको अन्डाबाट दूषित पातहरु खाएकी हुन सक्छ। ती महिलालाई जनवरी २०२१ को अन्तिम हप्तामा अस्पतालमा भर्ना गरिएको थियो। अहिले ती महिला निको भइरहेकी छन्। –एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2h ago
विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागी

विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागी

२७ कात्तिक, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिता विराटनगरमा सुरु भएको छ। पहिलोपटक प्रदेशका ९ जिल्लाको सहभागिता रहेको प्रतियोगिता शुक्...

#पहिलोपटक
Compare →

Related Stories

Business & Economy
Build #2611