। सङ्खुवासभामा चट्याङ लागेर दुई जना घाइते हुनुभएको छ। बुधबार दिउँसो करिब साढे ४ बजेतिर चट्याङ लागेर खाँदबारी नगरपालिका ४ सेकाहा भाङखर्कमा स्थानीय ५३ बर्षीय गणेशप्रसाद गुरूङ र २२ बर्षीय रविन गुरूङ घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले बताउनुभयो ।
उहाँको अनुसार दुवै जनाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ। मकालु गाउँपालिका ५ मुढे स्थायी घर हुनुभएका रविन भाइटीका लगाउन भाङखर्क मामाघरमा आउनुभएको थियो। बुधबार दिउँसो करिब २ बजेदेखि सङ्खुवासभाको अधिकांश क्षेत्रमा असिनापानी परेको थियो ।
Read full story at source ( gorkhapatraonline.com )