Trending
Prev Story
Next Story

फिनल्यान्डसँग सहकार्य विस्तार गर्ने विषयमा परराष्ट्रमन्त्रीको छलफल

Nagarik News •
November 11, 2026 • 02:51 PM
1
1 reads 0 reactions

परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता भएको छ।

फिनल्यान्डसँग सहकार्य विस्तार गर्ने विषयमा परराष्ट्रमन्त्रीको छलफल

परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता भएको छ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) मा सहभागी हुन अन्ताल्यामा रहेका मन्त्री खनालले आज फिनल्यान्डका मन्त्री ताभियोसँग भेटवार्ता गरेका हुन्।

भेटमा परराष्ट्रमन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको मानवीय सहायताप्रति आभार व्यक्त गरे।

उनले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका प्रयास, प्रभावित समुदायको पुनर्वास तथा जलवायु परिवर्तनका कारण जनजीवन, जीविकोपार्जन र पर्वतीय पारिस्थितिक प्रणालीमा परिरहेको असमानुपातिक प्रभावबारे जानकारी गराए।

भेटमा दुवै मन्त्रीले कोप-३१ प्रक्रियालगायत पारस्परिक चासोका विषयमा विचार आदानप्रदान गरेका थिए। साथै, नेपाल र फिनल्यान्डबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

उक्त अवसरमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास, वन संरक्षण, प्रविधि तथा जलवायु कार्यका क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो।

प्रकाशित: २५ कार्तिक २०८३ २०:३६ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
फिनल्यान्डसँग सहकार्य विस्तार गर्ने विषयमा परराष्ट्रमन्त्रीको छलफल

फिनल्यान्डसँग सहकार्य विस्तार गर्ने विषयमा परराष्ट्रमन्त्रीको छलफल

अन्ताल्या – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन )कोप–३१) ...

#फिनल्यान्ड #परराष्ट्रमन्त्री #खनाल
Compare →
Onlinekhabar
2d ago
फिनल्यान्डका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्रीको भेटवार्ता

फिनल्यान्डका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्रीको भेटवार्ता

२५ कात्तिक, टर्किए । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा सहभागी हुन अन्ताल्यामा आएका मन्त्री खनालले बुधबार फिनल्यान्डका मन्त्री …

#फिनल्यान्ड #परराष्ट्रमन्त्री #खनाल
Compare →
Ekantipur
4d ago
जलवायु वित्त र लगानी बढाएर हिमाली क्षेत्रको उत्थानशीलता बलियो बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

जलवायु वित्त र लगानी बढाएर हिमाली क्षेत्रको उत्थानशीलता बलियो बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

नेपालमा हालैको बाढीले पुर्‍याएको आर्थिक, भौतिक र मानवीय क्षतिले क्षेत्रीय तथा विश्वव्यापी एकता र सहकार्यको आवश्यकता थप उजागर गरेको शिशिर खनालको भनाइ छ ।

#परराष्ट्रमन्त्री #खनाल #शिशिर
Compare →

Related Stories

Politics & Governance
Build #2612