Trending
Prev Story
Next Story

फिनल्यान्डका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्रीको भेटवार्ता

Onlinekhabar •
November 11, 2026 • 02:00 PM
1
1 reads 0 reactions

२५ कात्तिक, टर्किए । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा सहभागी हुन अन्ताल्यामा आएका मन्त्री खनालले बुधबार फिनल्यान्डका मन्त्री …

फिनल्यान्डका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्रीको भेटवार्ता

२५ कात्तिक, टर्किए । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा सहभागी हुन अन्ताल्यामा आएका मन्त्री खनालले बुधबार फिनल्यान्डका मन्त्री ताभियोसँग भेटवार्ता गरेका हुन् ।

भेटमा परराष्ट्रमन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको मानवीय सहायताप्रति आभार व्यक्त गरे ।

उनले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका प्रयास, प्रभावित समुदायको पुनर्वास तथा जलवायु परिवर्तनका कारण जनजीवन, जीविकोपार्जन र पर्वतीय पारिस्थितिक प्रणालीमा परिरहेको असमानुपातिक प्रभावबारे जानकारी गराए ।

भेटमा दुवै मन्त्रीले कोप–३१ प्रक्रियालगायत पारस्परिक चासोका विषयमा विचार आदानप्रदान गर्नुभएको थियो ।

साथै, नेपाल र फिनल्यान्डबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उक्त अवसरमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास, वन संरक्षण, प्रविधि तथा जलवायु कार्यका क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

टर्कीएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा मन्त्री खनाल र महासचिव गुटेरेसबीच द्विपक्षीय भेटवार्ता भएको हो।

#जलवायु #खनाल #परराष्ट्रमन्त्री
Compare →
Hamro Patro News
1d ago
परराष्ट्रमन्त्री खनाल र संयुक्त राष्ट्रका महासचिव गुटेरेसबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र संयुक्त राष्ट्रका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) ...

#जलवायु #खनाल #परराष्ट्रमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2611