ब्रसेल्स। अनलाइन प्लेटफर्मले प्रयोगकर्तालाई लामो समय अल्झाउने र अनावश्यक खर्च गराउने सुविधामाथि नियन्त्रण गर्न युरोपेली सङ्घ (इयु) ले नयाँ नियम ल्याउने भएको छ। प्रस्तावित नियमले भ्रामक विज्ञापन, अनलाइन खेल र कारोबारमा पारदर्शिता बढाउँदै प्रयोगकर्तालाई डिजिटल लत लगाउने सुविधा बन्द गर्न सहज बनाउनेछ।
‘डिजिटल फेयरनेस एक्ट’ नामक प्रस्तावित कानूनअनुसार नियम उल्लङ्घन गर्ने ठूला कम्पनीलाई वार्षिक कारोबारको छ प्रतिशतसम्म जरिवाना गर्न सकिनेछ। प्रयोगकर्तालाई झुक्याएर खरिद वा सेटिङ परिवर्तन गर्न लगाउने अभ्यासमा प्रतिबन्ध लगाउनुका साथै प्रभावशाली व्यक्तिमार्फत गरिने विज्ञापन स्पष्ट खुलाउनुपर्ने।
स्रोतमा पूरा पढ्नुहोस् ( saralpatrika.com )