Trending
Prev Story
Next Story

बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते

Ekantipur •
November 11, 2026 • 09:31 AM
1
1 reads 0 reactions

मैनापोखर र बाँसगढीतर्फ जाँदै गरेका मोटरसाइकल ठोक्किँदा गुलरियाका २५ वर्षीय ओमकार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते

मैनापोखर र बाँसगढीतर्फ जाँदै गरेका मोटरसाइकल ठोक्किँदा गुलरियाका २५ वर्षीय ओमकार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

बर्दिया — बाँसगढी नगरपालिकामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुई भारतीयसहित  चार जना घाइते भएका छन् ।

बाँसगढी–५ मोतिपुर जंगलमा दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा गुलरिया नगरपालिका–१२ का २५ वर्षीय ओमकार थारुको मंगलबार साँझ मृत्यु भएको हो ।

बारबर्दिया नगरपालिका–३ का २५ वर्षीय आशिष थारुले चलाएको भे ११ प ८५६७ नम्बरको मोटरसाइकल बाँसगढीबाट मैनापोखरतर्फ र भारत लौकाहीका १८ वर्षीय सहाबुदिन खानले चलाएको भे ५ प ९१६१ नम्बरको मोटरसाइकल मैनापोखरदेखि बाँसगढीतर्फ जाँदै गरेको अवस्थामा आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

आशिषले चलाएको मोटरसाइकलमा ओमकार थारु र बारबर्दिया नगरपालिका–७ का १८ वर्षीय रमन थारु सवार थिए भने खानले चलाएको मोटरसाइकलमा भारत लौकाहीका २० वर्षीय जमाल खान सवार थिए ।

रमन थारुको कौसिल्या अस्पताल बाँसगढीमा उपचार पश्चात डिस्चार्ज भएका छन् । यस्तै आशिष थारुको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र घाइते दुवै जना भारतीय नागरिकलाई थप उपचारको लागि भारततर्फ लगिएको डिएसपी रेशम बोहराले जानकारी दिए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
17h ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#मोटरसाइकल #मृत्यु #ठोक्किँदा
Compare →
Onlinekhabar
17h ago
धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

२७ कात्तिक, धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से४प …

#मोटरसाइकल #मृत्यु #घाइते
Compare →
Hamro Patro News
1d ago
दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु गढवा–६ परिचोकमा बुधबार राति भएको दुर्घटनामा राप्ती–७ मानपुरका ३० वर्षीय रामकुमार चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। कार्तिक २६, ...

#मोटरसाइकल #मृत्यु
Compare →
Arthasansar
15h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#मृत्यु #घाइते
Compare →

Related Stories

World News
Build #2611