Trending
Prev Story
Next Story

अर्बौं डलर खर्च गर्दा पनि हुथी आक्रमण रोक्न साउदीलाई किन कठिन ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

५ कात्तिक, काठमाडौं । साउदी अरेबियाले रक्षा क्षेत्रमा अर्बौं डलर खर्च गर्दै आएको छ । अत्याधुनिक प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीसमेत रहेको साउदीले यमनका हुथी विद्रोहीका आक्रमण रोक्न भने चुनौती सामना गरिरहेको छ । विशाल भूभाग, संवेदनशील …

अर्बौं डलर खर्च गर्दा पनि हुथी आक्रमण रोक्न साउदीलाई किन कठिन ?

५ कात्तिक, काठमाडौं । साउदी अरेबियाले रक्षा क्षेत्रमा अर्बौं डलर खर्च गर्दै आएको छ । अत्याधुनिक प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीसमेत रहेको साउदीले यमनका हुथी विद्रोहीका आक्रमण रोक्न भने चुनौती सामना गरिरहेको छ ।

विशाल भूभाग, संवेदनशील पूर्वाधार, महँगा प्रतिरक्षा हतियारको सीमित आपूर्ति र बदलिँदो युद्ध रणनीतिका कारण साउदीको हवाई सुरक्षा प्रणालीमाथि दबाब बढेको छ ।

पछिल्ला हप्ताहरूमा साउदी अरेबियामा भएका आक्रमणले तेल पूर्वाधार र विमानस्थलजस्ता महत्त्वपूर्ण संरचनाको सुरक्षामाथि प्रश्न उठाएको छ ।

साउदी अधिकारीहरूले केही क्षेप्यास्त्र र ड्रोन खसालेको बताएका छन् । तर सबै आक्रमण रोक्न नसकिएको घटनाले अत्याधुनिक प्रतिरक्षा प्रणालीको सीमासमेत उजागर गरेको छ ।

स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थान (सीप्री) का अनुसार साउदी अरेबियाले सन् २०२५ मा रक्षा क्षेत्रमा ८३ अर्ब डलर खर्च गरेको थियो । यो मध्यपूर्वका अन्य देशको तुलनामा ठूलो रकम हो । तर ठूलो रक्षा बजेट हुँदैमा हरेक आक्रमण रोक्न सकिन्छ भन्ने हुँदैन ।

साउदी अरेबियाको भौगोलिक अवस्थाले हवाई सुरक्षालाई जटिल बनाएको छ । देशको पूर्वी क्षेत्रमा तेल उत्पादन तथा निर्यातका महत्त्वपूर्ण संरचना छन् । उत्तरतर्फ इराकसँग सीमा जोडिएको छ भने दक्षिणतर्फ यमनसँग लामो सीमा छ । यमनको ठूलो भूभाग हुथी विद्रोहीको नियन्त्रणमा छ ।

साउदी अरेबियामा तेल क्षेत्र, पाइपलाइन, विमानस्थल, सैनिक अखडा, सरकारी भवन र अन्य महत्त्वपूर्ण पूर्वाधार देशभर फैलिएका छन् । यी सबै संरचनाको प्रभावकारी सुरक्षा गर्नु चुनौतीपूर्ण रहेको विश्लेषकहरूको भनाइ छ ।

वासिङ्टन इन्स्टिच्युट फर नियर इस्ट पोलिसीकी वरिष्ठ अध्येता एलिजाबेथ डेन्टका अनुसार कुनै पनि देशले शतप्रतिशत हवाई प्रतिरक्षा गर्न सक्दैन । साउदीको ठूलो भूभाग र विभिन्न दिशाबाट आउन सक्ने खतराले सुरक्षा व्यवस्थालाई थप कठिन बनाएको छ ।

महँगा क्षेप्यास्त्र , सीमित आपूर्ति

साउदी अरेबियाले प्रयोग गर्ने अमेरिकी निर्मित प्याट्रियट प्रणाली ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न डिजाइन गरिएको हो । तर यसको प्रतिरक्षा क्षेप्यास्त्र महँगा छन् र विश्व बजारमा तिनको माग उच्च छ ।

अमेरिकी सैन्य तथ्यांक उद्धृत गर्दै समाचारमा साउदी अरेबियाले सन् २०२० देखि अमेरिकाबाट ७३० वटा प्याट्रियट प्रतिरक्षा क्षेप्यास्त्र खरिद गरेको उल्लेख छ । एउटा प्रतिरक्षा क्षेप्यास्त्रको मूल्य ४० लाख डलरसम्म पर्ने बताइएको छ ।

युक्रेन र मध्यपूर्वमा जारी युद्धका कारण प्रतिरक्षा क्षेप्यास्त्रको आपूर्तिमा दबाब परेको छ । अमेरिका, इजरायल, साउदी अरेबिया र अन्य देशबीच सीमित उत्पादनका लागि प्रतिस्पर्धा बढेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि प्रतिरक्षा क्षेप्यास्त्रको माग विश्वव्यापी रूपमा उच्च रहेको बताएका छन् । हतियार निर्माता लकहीड मार्टिनका मिसाइल एन्ड फायर कन्ट्रोल प्रमुख टिम काहिलले अन्तर्राष्ट्रिय बजारबाट आएको माग पहिलेभन्दा बलियो भएको बताएका छन् ।

सस्ता ड्रोनले महँगा प्रतिरक्षा प्रणालीमाथि दबाब

हुथी विद्रोहीले ब्यालिस्टिक क्षेप्यास्त्रसँगै तुलनात्मक रूपमा सस्ता ड्रोन र क्रुज क्षेप्यास्त्र पनि प्रयोग गर्दै आएका छन् । यस्ता हतियारको प्रयोगले साउदीको हवाई प्रतिरक्षा प्रणालीमाथि थप दबाब सिर्जना गरेको छ ।

विश्लेषकहरूका अनुसार हुथीहरूले ठूलो संख्यामा सस्ता ड्रोन पठाएर प्रतिरक्षा प्रणालीको ध्यान विभाजित गर्न सक्छन् । त्यसपछि बढी विनाशकारी क्षेप्यास्त्र प्रयोग गर्ने रणनीतिले प्रतिरक्षामा रहेका कमजोरीको फाइदा उठाउन सक्छ ।

सेन्टर फर स्ट्र्याटेजिक एन्ड इन्टरनेसनल स्टडिजकी वरिष्ठ अध्येता एलिसन माइनरका अनुसार सस्ता ड्रोनको प्रयोगले प्रतिरक्षा प्रणालीलाई थकाउने र त्यसपछि अन्य हतियारबाट आक्रमण गर्ने रणनीति अपनाइएको हुन सक्छ ।

ड्रोन र क्रुज क्षेप्यास्त्रले उडानको दिशा परिवर्तन गर्न सक्ने भएकाले तिनलाई पत्ता लगाउन र रोक्न कठिन हुन सक्छ । बहुस्तरीय प्रतिरक्षा प्रणालीको कुनै एउटा तहमा कमजोरी देखिएमा त्यसले अन्य क्षेत्रमा पनि सुरक्षा अन्तर सिर्जना गर्न सक्छ ।

युक्रेनले विकास गरेका ड्रोन रोक्ने सस्ता प्रणाली सम्भावित विकल्पका रूपमा हेरिएका छन् । यस्ता प्रणालीको उत्पादन लागत प्याट्रियट प्रतिरक्षा क्षेप्यास्त्रको तुलनामा निकै कम पर्न सक्छ । तर तिनको प्रभावकारी प्रयोगका लागि तालिमप्राप्त जनशक्ति र सञ्चालन क्षमता आवश्यक हुन्छ ।

रक्षा बजेट ठूलो , सैन्य क्षमतामा प्रश्न

विश्लेषकहरूले साउदी अरेबियाको ठूलो रक्षा बजेट र वास्तविक सैन्य क्षमताबीचको सम्बन्धबारे पनि प्रश्न उठाएका छन् । अत्याधुनिक उपकरण खरिद गर्नु मात्र पर्याप्त हुँदैन, तिनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न दक्ष जनशक्ति, नियमित तालिम र समन्वय पनि आवश्यक हुन्छ ।

सीबीएस न्युजका राष्ट्रिय सुरक्षा विश्लेषक एरन म्याकलिनका अनुसार सैन्य क्षमता हतियार र बजेटमा मात्र निर्भर हुँदैन । सैनिकको तयारी, कार्यकुशलता र प्रतिरक्षा प्रणाली सञ्चालन गर्ने क्षमताले पनि नतिजामा प्रभाव पार्छ ।

साउदी अरेबियाले आफ्ना हतियारको मौज्दात र सैन्य क्षमतासम्बन्धी विस्तृत विवरण सार्वजनिक नगर्ने भएकाले प्रतिरक्षा क्षमताको वास्तविक अवस्था आकलन गर्न कठिन छ ।

प्रतिरक्षा क्षेप्यास्त्रको आपूर्ति र हुथी आक्रमणको चुनौतीबीच साउदी अरेबियाले विभिन्न देशसँग सैन्य सहयोग खोजिरहेको छ । समाचारअनुसार पाकिस्तान, टर्की, फ्रान्स, बेलायत, इजिप्ट र अन्य साझेदारसँग सुरक्षा सहकार्यका प्रयास अघि बढाइएका छन् ।

फ्रान्सले रेड सीस्थित यान्बु तेल टर्मिनलको सुरक्षामा सहयोग गर्न सैन्य साधन पठाउने सहमति जनाएको विवरण छ । बेलायतले पनि साउदीका सहर र संवेदनशील पूर्वाधारको सुरक्षाका लागि रक्षात्मक हवाई अभियान सञ्चालन गर्ने बताएको छ ।

तर विभिन्न देशका विमान, राडार र प्रतिरक्षा प्रणालीलाई एउटै सुरक्षा संरचनामा जोड्नु आफैँमा चुनौतीपूर्ण हुन सक्छ । ती प्रणालीबीच सूचना आदानप्रदान, सञ्चालन समन्वय र प्राविधिक अनुकूलता आवश्यक हुन्छ ।

विश्लेषकहरूका अनुसार विदेशी सहयोगले साउदीको प्रतिरक्षा क्षमता बढाउन सक्छ । तर विभिन्न देशका प्रणाली र जनशक्तिबीच प्रभावकारी समन्वय हुन नसकेमा त्यसको उपयोगिता सीमित हुन सक्छ ।

लामो समयसम्म आक्रमण थेग्न सक्लान् हुथी ?

साउदी अरेबियाका लागि अर्को प्रश्न हुथी विद्रोहीसँग उपलब्ध हतियारको मौज्दात र लामो समयसम्म आक्रमण जारी राख्ने क्षमताको हो । पछिल्ला हप्ताहरूमा आक्रमणको गति कायम रहे पनि हुथीहरूले यही स्तरको आक्रमण दीर्घकालसम्म जारी राख्न सक्छन् कि सक्दैनन् भन्ने स्पष्ट छैन ।

विश्लेषकहरूका अनुसार साउदीको प्रतिरक्षा चुनौतीको समाधान महँगा क्षेप्यास्त्र थप्नुमा मात्र सीमित छैन । सस्ता ड्रोन रोक्ने प्रणाली, दक्ष जनशक्ति, प्रभावकारी निगरानी र विभिन्न प्रतिरक्षा संयन्त्रबीच समन्वय पनि उत्तिकै महत्त्वपूर्ण छन् ।

हुथीका आक्रमणले साउदी अरेबियाको सैन्य खर्च र अत्याधुनिक हतियारको उपलब्धताका बाबजुद भूभागभरका संवेदनशील संरचनाको सुरक्षा गर्नु कति जटिल छ भन्ने देखाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
हुथी आक्रमणसँगै विपक्षीहरूको प्रश्नको घेरामा साउदी युवराज, देशको सुरक्षामा चुक भएको आरोप

हुथी आक्रमणसँगै विपक्षीहरूको प्रश्नको घेरामा साउदी युवराज, देशको सुरक्षामा चुक भएको आरोप

काठमाडौं- साउदी अरबका विमानस्थल र ऊर्जा क्षेत्रसँग सम्बन्धित संरचनाहरूमा हुथी विद्रोहीहरूले गरेका आक्रमणले साउदी अरबको नेतृत्वसामु ठूलो चुनौती खडा गरेको छ । यी आक्रमणले साउदी अरबको ‘भिजन २०३०’ योजन...

#साउदी #आक्रमण #हुथी
Compare →
Arthasansar
14h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#आक्रमण
Compare →
Bizshala
14h ago
डलर १९ महिनायताकै उच्च विन्दुमा, तेलको मूल्य २.५५ प्रतिशतले बढ्यो

डलर १९ महिनायताकै उच्च विन्दुमा, तेलको मूल्य २.५५ प्रतिशतले बढ्यो

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी महिना अपेक्षाभन्दा बढी ब्याजदर वृद्धि गर्न सक्ने सम्भावना...

#डलर
Compare →
Nagarik News
1d ago
गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

लगानीकर्ताबाट अपेक्षाभन्दा बढी माग आएपछि कम्पनीले सुरुमा तय गरेको लक्ष्यभन्दा ठूलो रकम संकलन गर्न लागेको हो।

#डलर
Compare →
Ekantipur
2d ago
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, तारापुर ढक्का शिविर शोकमा

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, तारापुर ढक्का शिविर शोकमा

वन्यजन्तुको आक्रमणबाट दोहोरिँदै मानवीय क्षति, कहिले सुरक्षित हुन्छन् बस्ती ?

#आक्रमण
Compare →

Related Stories

World News
Build #2611