Trending
Prev Story
Next Story

सुदूरपश्चिमको सनसनीपूर्ण जित, जनकपुर २७ रनले स्तब्ध

Nagarik News •
November 10, 2026 • 02:49 PM
1
1 reads 0 reactions

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा मात्र ९३ रनमै अलआउट भयो।

सुदूरपश्चिमको सनसनीपूर्ण जित, जनकपुर २७ रनले स्तब्ध

बलरहरूको चामत्कारिक प्रदर्शनको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध २७ रनको सनसनीपूर्ण जित दर्ता गरेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा मात्र ९३ रनमै अलआउट भयो।

सुदूरपश्चिमका लागि तीव्र गतिका बलर स्कट कुगेलेइनले घातक बलिङ गर्दै जितको आधार तय गरे। उनले आफ्नो ४ ओभरको स्पेलमा मात्र १३ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए।

उनलाई अन्य बलरहरूले कसिलो साथ दिए। स्पिनर थारिन्दु रत्नायकेले ४ ओभरमा १२ रन, दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १५ रन, हेमन्त धामीले ३ ओभरमा १६ रन, इशान पाण्डेले ३ ओभरमा १९ रन र अनिल खरेलले १.५ ओभरमा १४ रन खर्चेर समान १-१ विकेट हात पारे। दुई ब्याटर रनआउटको सिकार बने।

सामान्य लक्ष्य पछ्याउने क्रममा जनकपुरको ब्याटिङ सुरुदेखि नै दबाबमा पर्‍यो। जनकपुरका लागि ओपनर त्रित राज दासले २९ बलमा १ छक्कासहित सर्वाधिक २१ रन बनाए भने जेम्स निसमले २५ बलमा १ चौका र १ छक्कासहित २० रन जोडे।

यस्तै पुछारका ब्याटर राहुल यादवले ६ बलमा १ चौका र १ छक्कासहित ११ रन र ओपनर आदित्य महताले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।

रायन बर्ल ८ रन, कप्तान हरमित सिंह ४ रन, ओपनर अनिल साह २ रन, विशाल सुस्लिङ २ रन, अभिषेक तिवारी २ रन र विदेशी ब्याटर ह्यारी टेक्टर १ रनमै पेभेलियन फर्किए। ललित राजवंशी ५ रनमा अविजित रहे। जनकपुरले अतिरिक्त ७ रन पाएको थियो।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनाउन सकेको थियो।

सुदूरपश्चिमका लागि ब्रेन्डन म्याकमुलनले २३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३३ रनको इनिङ्स खेले। यस्तै आठौं नम्बरका ब्याटर थारिन्दु रत्नायकेले २८ बलमा १ चौका र २ छक्कासहित अविजित २७ रन जोडेका थिए।

यसबाहेक आरिफ शेखले ११, ओपनरद्वय विनोद भण्डारी र सेफ जेबले समान १०-१० रन बनाए। कप्तान दीपेन्द्र सिंह ऐरी मात्र १ रनमा आउट भए।

जनकपुरका लागि कप्तान हरमित सिंहले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए भने ह्यारी टेक्टरले ४ ओभरमा ९ रन दिएर १ विकेट हात पारेका थिए।

राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले १-१ विकेट लिएका थिए।

प्रकाशित: २४ कार्तिक २०८३ २०:३४ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
‘जनकपुरमा अवसर पाइनँ, सुदूरपश्चिम आएर आफूलाई प्रमाणित गरेँ’

‘जनकपुरमा अवसर पाइनँ, सुदूरपश्चिम आएर आफूलाई प्रमाणित गरेँ’

‘जनकपुरमा अवसर पाइनँ, सुदूरपश्चिम आएर आफूलाई प्रमाणित गरेँ’ केहि सेकेन्ड अघि काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ अन्तर्गत शुक्रबार काठमाडौं गोर्खाजविरुद्ध ७ रनको रोमाञ्चक जित निकाल्दै प...

#सुदूरपश्चिम #जनकपुर
Compare →
Arthasansar
4h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#जनकपुर #रनको
Compare →
Onlinekhabar
5h ago
चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

२७ कात्तिक, काठमाडौं । चितवन राइनोजका स्पिनरहरुले उत्कृष्ट बलिङ गरेपछि जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार ८८ रनमै समेटिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर …

#जनकपुर
Compare →
Ekantipur
5h ago
चितवनविरुद्ध जनकपुरको निराशजनक ब्याटिङ

चितवनविरुद्ध जनकपुरको निराशजनक ब्याटिङ

प्लेअफ पुग्ने झिनो आशालाई जिवितै राख्न जित्नै पर्ने खेलमा जनकपुरले फितलो ब्याटिङ गरेको हो । चितवनलाई प्ले अफमा पुग्न बाँकी रहेको दुबै खेल जित्नै पर्ने अवस्था रहेको छ ।

#जनकपुर
Compare →

Related Stories

Sports
Build #2611