काठमाडौँ। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा बजारमा भाइमसलाको मूल्य वृद्धि भएका कारण अपेक्षित कारोबार हुन नसकेको व्यवसायीहरूले बताएका छन्। नयाँ फसल भित्रिएसँगै भाउ बढेकाले यसपटक भाइमसलाको खपत कम भएको उनीहरूको भनाइ छ।
भाइमसला व्यवसायी सजीव बज्राचार्यका अनुसार गत वर्षको तुलनामा यस वर्ष तिहार १० देखि १५ दिन ढिलो परेकाले बजारमा नयाँ फसलका सामग्री आइपुगेका छन्। विशेषगरी पिस्ता, बदाम, ओखर र नरिवलजस्ता सामग्रीमा प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ। मूल्य बढेपछि ग्राहकको खरिद क्षमतामा प्रत्यक्ष प्रभाव परेको छ।
Read full story at source ( hamrakura.com )