Trending
Prev Story
Next Story

इमरान खानलाई वकिलसँग एक घण्टा भेट्न दिन अदालतको आदेश

Onlinekhabar •
November 10, 2026 • 12:30 PM
1
1 reads 0 reactions

इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई वकिलसँग भेट्न अनुमति दिएको छ । अदालतले रावलपिण्डीस्थित अदियाला जेल प्रशासनलाई दुवैका वकिललाई आफ्ना पक्षसँग एक घण्टासम्म भेट गराउन निर्देशन दिएको हो । मुख्य न्यायाधीश …

इमरान खानलाई वकिलसँग एक घण्टा भेट्न दिन अदालतको आदेश

इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई वकिलसँग भेट्न अनुमति दिएको छ ।

अदालतले रावलपिण्डीस्थित अदियाला जेल प्रशासनलाई दुवैका वकिललाई आफ्ना पक्षसँग एक घण्टासम्म भेट गराउन निर्देशन दिएको हो ।

मुख्य न्यायाधीश सरफराज डोगरको नेतृत्वमा रहेको दुई सदस्यीय इजलासले १९ करोड पाउन्डको अल कादिर ट्रस्ट प्रकरणमा सुनाइएको सजायविरुद्ध दायर पुनरावेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

सुनुवाइका क्रममा अदालतले इमरान खानका वकिल सलमान सफदरलाई कानुनअनुसार भेटघाटको अनुमति दिएको बताएको थियो । तर पछि थप पाँच जनालाई पनि इमरानसँग भेट्न दिनुपर्ने माग नआओस् भन्दै अदालतले सचेत गराएको थियो ।

इजलासका प्रमुखले केही दिनअघि मात्रै इमरान खान र बुशरा बीबीसँग भेटिसकेको अवस्थामा फेरि किन भेट्न चाहेको भन्दै सलमान सफदरलाई प्रश्न गरेका थिए । जवाफमा सफदरले अघिल्लो भेटमा पर्याप्त समय नपुगेकाले आफ्ना पक्षसँग पुनः भेट्न आवश्यक रहेको बताएका थिए ।

अदालतले सुरुमा बुशरा बीबी र इमरान खानसँग उनका वकिल सरदार लतिफ खोसालाई भेट्न अनुमति दिएको थियो । त्यसपछि सलमान सफदरलाई पनि इमरान खानसँग भेट्न अनुमति दिइएको हो ।

सुनुवाइका क्रममा बुशरा बीबीको स्वास्थ्य अवस्थाको विषयसमेत उठेको थियो । सलमान सफदरले बुशराले आफूलाई दिएको जानकारी उद्धृत गर्दै छ महिनाअघि जेल प्रशासनले शल्यक्रियाका लागि अस्पताल लगेको र आगामी नोभेम्बर १५ मा पुनः शल्यक्रिया गर्नुपर्ने बताएको जानकारी अदालतलाई गराएका थिए ।

उनले बुशरा बीबीको स्वास्थ्य परीक्षणका लागि मेडिकल बोर्ड गठन गर्न माग गरेका थिए । सर्वोच्च अदालतमा समेत जेल प्रशासनले बुशराको आँखामा समस्या रहेको स्वीकार गरेको उनको भनाइ थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
इमरान खानलाई वकिलसँग एक घण्टा भेट्न दिन अदालतको आदेश

इमरान खानलाई वकिलसँग एक घण्टा भेट्न दिन अदालतको आदेश

इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई वकिलसँग भेट्न अनुमति दिएको छ । अदालतले रावलपिण्डीस्थित अदियाला जेल प्रशासनलाई दुवैका वकिललाई आफ्ना पक्षस...

#वकिल #इमरान #खान
Compare →

Related Stories

National (Nepal)
Build #2611