Trending
Prev Story
Next Story

इटहरीमा छठका लागि ६५० बढी पूजाघाट बनाइँदै

Ekantipur •
November 10, 2026 • 07:31 AM
1
1 reads 0 reactions

इटहरी–सुन्दरहरैँचा सीमास्थित बुढीगंगा–जमुना मुक्तिधाममा गत वर्षभन्दा १०० बढी घाट बनाइँदैछ, जहाँ पाँच दिनसम्म छठ पर्व मनाउन विभिन्न जिल्लाबाट घाट बुकिङ भइरहेको छ।

इटहरीमा छठका लागि ६५० बढी पूजाघाट बनाइँदै

इटहरी–सुन्दरहरैँचा सीमास्थित बुढीगंगा–जमुना मुक्तिधाममा गत वर्षभन्दा १०० बढी घाट बनाइँदैछ, जहाँ पाँच दिनसम्म छठ पर्व मनाउन विभिन्न जिल्लाबाट घाट बुकिङ भइरहेको छ।

सुनसरी — सुनसरीको इटहरी र मोरङको सुन्दरहरैँचाको सीमामा रहेको बुढीगंगा–जमुना मुक्तिधाममा छठ पर्वको तयारी तीव्र पारिएको छ। छठ पर्व सेवा समितिले यस वर्ष ६५० भन्दा बढी पूजाघाट निर्माण गरेको छ।

गत वर्ष ५५० घाट निर्माण गरिएको थियो। बुढी खोला किनारमा घाट निर्माणको काम अन्तिम चरणमा पुगेको समितिले मंगलबार इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

इटहरी र सुन्दरहरैँचाका बासिन्दाले सामूहिक रूपमा मनाउँदै आएको छठ पर्व पछिल्लो समय धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको प्रतीकका रूपमा विस्तार हुँदै गएको समितिले जनाएको छ।

समितिका अनुसार मुक्तिधाममा विगत ३६ वर्षदेखि व्यवस्थित रूपमा छठ पर्व मनाइँदै आएको छ। यस वर्ष देशका विभिन्न जिल्ला तथा स्थानीय तहबाट समेत श्रद्धालुले पूजाघाट बुकिङ गरिरहेको समितिका अध्यक्ष वासुदेव कर्णले जानकारी दिए।

उनका अनुसार छठ पर्वलाई व्यवस्थित बनाउन १० वटा उपसमिति गठन गरिएको छ। पर्वका क्रममा एक सय जना स्वयंसेवक परिचालन गरिनेछ भने सुरक्षाका लागि २५ जना सुरक्षा गार्ड खटाइने समितिका सचिव मुकेश चौधरीले बताए। आवश्यकताअनुसार सुनसरी र मोरङबाट थप सुरक्षाकर्मी परिचालन गर्न सम्बन्धित निकायसँग समन्वय गरिने उनले जानकारी दिए। यातायात व्यवस्थापनका लागि कोशी प्रदेश यातायात व्यवस्थापन कार्यालय र ट्राफिक प्रहरीसँग पनि समन्वय गरिनेछ।

पर्वका अवसरमा शुक्रबार नेपाली सेनाको ब्याण्डसहित कलशयात्रा निकालिनेछ। समितिका अनुसार यस वर्ष छठ पर्व व्यवस्थापनका लागि २९ लाख ५१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

भक्तजनका लागि निःशुल्क महाप्रसाद, चियापानी, प्राथमिक उपचार, नागरिक सहायता कक्ष, अस्थायी शौचालय तथा पर्याप्त विद्युत्‌को व्यवस्था गरिनेछ। भक्तजनलाई सहज रूपमा वारिपारि आवतजावत गर्न चार स्थानमा अस्थायी पुलसमेत निर्माण गरिने समितिले जनाएको छ।

पाँच दिनसम्म मनाइने छठ पर्व बिहीबारदेखि सुरु हुनेछ। पहिलो दिन व्रतालुले शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन्। दोस्रो दिन नजिकैको नदी तथा जलाशयमा स्नान गरी प्रसादका रूपमा तयार पारिएको भोजन ग्रहण गर्ने परम्परा छ। यस दिनलाई नहाय–खाय भनिन्छ। तेस्रो दिन खरना विधि सम्पन्न गरेपछि व्रतालुको निराहार व्रत सुरु हुन्छ। चौथो दिन जलाशयमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने पाँचौं दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ।

अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
13h ago
छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै, गंगासागरमा तयारी अन्तिम चरणमा

छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै, गंगासागरमा तयारी अन्तिम चरणमा

छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रमा पोखरी, तालतलैया तथा नदी किनारका घाटहरू सिँगार्न थालिएको छ । छठ पर्वको मुख्य केन्द्र मानिने जनकपुरधामका विभिन्न पोखरीमा सरसफाई, सजावट तथा व...

#घाट #पर्व
Compare →
Nagarik News
5h ago
छठको रौनक बढ्दै, गुहेश्वरीमा घाट निर्माण धमाधम

छठको रौनक बढ्दै, गुहेश्वरीमा घाट निर्माण धमाधम

पर्व नजिकिएसँगै गुहेश्वरी, कमलपोखरीलगायतका जलाशय तथा नदी किनारमा सरसफाइ, घाट निर्माण र झिलिमिली बत्ती जडान गर्ने काम तीव्र पारिएको छ।

#घाट #पर्व
Compare →
Bizshala
3d ago
इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

सुनसरी । तिहारका बेला इटहरी उपमहानगरपालिका–७ का रामु चौधरी र उनकी पत्नी कञ्चन चौधरीको करिब १५ मिनेटको अन्तरमा निधन भएको...

#इटहरी
Compare →

Related Stories

National (Nepal)
Build #2611