Trending
Prev Story
Next Story

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्या

Hamro Patro News •
November 10, 2026 • 05:57 AM
1
1 reads 0 reactions

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सम्पूर्ण नेपालीको साझा सम्पदा भएको बताएको छ । नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले...

1 / 2
Swipe Photos

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सम्पूर्ण नेपालीको साझा सम्पदा भएको बताएको छ । नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेवार समुदायको सांस्कृतिक जीवनसँग गहिरो सम्बन्ध राख्ने नेपाल संवत् समग्र नेपालीको मौलिक पहिचान र साझा गौरव भएको उल्लेख गरेको छ । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

सभामुख अर्यालले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएर नेपाल संवत् प्रारम्भ गरेको ऐतिहासिक प्रसङ्ग स्मरण गर्दै यसले नेपालको सांस्कृतिक पहिचान, सामाजिक एकता र आत्मसम्मानको गौरवपूर्ण इतिहास बोकेको बताएको छ । जनकल्याण, परोपकार र सामाजिक न्याय यसको विशिष्ट सन्देश रहेको उनको भनाइ छ । नेपाल संवत्ले राष्ट्रिय मान्यता प्राप्त गरिसकेको सन्दर्भमा यसको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्नु राज्य तथा नागरिक सबैको साझा दायित्व भएको उनले उल्लेख गरेको छ । यसका लागि सरकारले नीतिगत तथा संस्थागत पहललाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

२४ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताएका छन् । नेपाल संवत् ११४७ (नयाँ वर्ष) को अवसरमा न्हूँद राष्ट्रिय समारोह समितिले मंगलबार वसन्तपुर डबलीमा आयोजना …

#संवत् #सभामुख #अर्याल
Compare →
Nagarik News
3d ago
नेपाल संवत् सबै नेपालीको साझा सम्पदा: सभामुख

नेपाल संवत् सबै नेपालीको साझा सम्पदा: सभामुख

सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताउँदै नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन्।

#संवत् #साझा #सभामुख
Compare →
Ekantipur
3d ago
साख्वाःले लोकतन्त्रको अनुपम उदाहरण प्रस्तुत गरेका थिए : सभामुख अर्याल

साख्वाःले लोकतन्त्रको अनुपम उदाहरण प्रस्तुत गरेका थिए : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् वर्ष गणना मात्र नभई ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको जीवन्त संस्कृति भएको बताएका छन् ।

#सभामुख #अर्याल #अर्या
Compare →
Arthasansar
1d ago
इरानी सभामुखको चेतावनी : होर्मुज कहिल्यै पहिलेको अवस्थामा नफर्कन सक्छ

इरानी सभामुखको चेतावनी : होर्मुज कहिल्यै पहिलेको अवस्थामा नफर्कन सक्छ

इरानका सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागर गालिबफले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा स्ट्रेट अफ होर्मुज ‘कहिल्यै नफर्कने’ बताएका छन्। अल...

#सभामुख
Compare →
Bizshala
1w ago
तिहार छठ र नेपाल संवत् लक्षित विशेष सुरक्षा योजना, ५० हजारभन्दा बढी प्रहरी परिचालन

तिहार छठ र नेपाल संवत् लक्षित विशेष सुरक्षा योजना, ५० हजारभन्दा बढी प्रहरी परिचालन

काठमाण्डौ । तिहार, नेपाल संवत् र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर विशेष सुरक्षा योजना लागू गरेको...

#संवत्
Compare →

Related Stories

National (Nepal)
Build #2611