Trending
Prev Story
Next Story

देउसी भैलो गाउँदै रवि लामिछानेको वाचा : जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने

Nagarik News •
November 10, 2026 • 02:50 AM
6
6 reads 0 reactions

उनले भने, ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने।’

देउसी भैलो गाउँदै रवि लामिछानेको वाचा : जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देउसी भैलो गाउँदै वर्तमान सरकार पाँच वर्षसम्म टिकाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

हिजो राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, उपत्यका समितिले आयोजना गरेको सद्भाव देउसी–भैलो कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई आफ्नै निवासमा स्वागत गर्दै लामिछानेले देउसीको भाकामै सरकार पाँच वर्ष टिकाउने वाचा गरे।

उनले भने,  ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने।’

देशमा पुनः आन्दोलन हुन सक्ने चर्चा भइरहेका बेला लामिछानेले देउसीकै भाकामा त्यसको जवाफसमेत दिए । उनले भने, ‘देशले अब आन्दोलन धान्दैन, परि आए यी खुट्टा चाही  काम्दैनन्।’

देउसी–भैलो कार्यक्रममा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता लामिछानेसहित परिवारका अन्य सदस्यहरूको पनि सहभागिता थियो। सो अवसरमा उनले देशभरका सञ्चारकर्मी तथा कलाकारहरूलाई तिहार र छठ पर्वको शुभकामना व्यक्त गरे।

सञ्चारकर्मी तथा कलाकारहरूसँगको सम्बन्धलाई स्मरण गर्दै लामिछानेले आफूहरूले सँगसँगै यात्रा सुरु गरेको बताए। उनले भने,  ‘तपाईंहरूलाई हाम्रो यो यात्राको सहयात्रीका रूपमा देखेको छु। हामी राजनीतिमा स्थापित हुने बेलामा तपाईंहरू पनि सञ्चारकर्ममा स्थापित हुँदै हुनुहुन्थ्यो। कताकता यो यात्रामा मसँगै कलाकारहरू पनि हुनुहुन्थ्यो। यात्रा सहज छैन, तर सँगै गरेको यो यात्रामा हामी सबै सँगै साक्षी छौँ।’

लामिछानेले देउसी–भैलो कार्यक्रममार्फत संसारभरि तिहार तथा छठ पर्व मनाइरहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गरे।

यसैबीच, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले देशकै पहिलो राजनीतिक दलका रूपमा रहेको रास्वपाका सभापति लामिछानेले सञ्चारकर्मीहरूलाई आफ्नै निवासमा स्वागत गरी देउसी–भैलोमा साथ दिएकोमा धन्यवाद व्यक्त गरे।

सद्भाव, आपसी सम्बन्ध र सांस्कृतिक एकताको सन्देश दिने उद्देश्यले आयोजित उक्त देउसी–भैलो कार्यक्रमले सञ्चारकर्मी, कलाकार र राजनीतिक नेतृत्वबीचको सम्बन्धलाई थप आत्मीय बनाएको सहभागीहरूले बताएका छन्।

प्रकाशित: २४ कार्तिक २०८३ ०८:३५ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन पक्राउ

देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन पक्राउ

२६ कात्तिक, रुपन्देही । देउसी–भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत …

#देउसी #भैलो
Compare →
Hamro Patro News
2d ago
देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई महिला पक्राउ

देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई महिला पक्राउ

काठमाडौं । रुपन्देहीमा देउसी–भैलो कार्यक्रममा सार्वजनिक स्थलमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको...

#देउसी #भैलो
Compare →
Ekantipur
7h ago
मधेशमा परिवर्तन महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ : रवि लामिछाने

मधेशमा परिवर्तन महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ : रवि लामिछाने

जनमतको अपमान गर्दै आफ्ना मान्छेलाई टिकट दिलाउने र जनताको बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने आगामी निर्वाचनमा जनताले अहिलेको समर्थन फिर्ता लिन समय नलगाउने रास्वपा सभापति लामिछानेको चेतावनी छ ।

#रवि-लामिछाने #रवि #लामिछाने
Compare →

Related Stories

Politics & Governance
Build #2612