Trending
Prev Story
Next Story

देश फर्किने तयारीमा शेख हसिना, पासपोर्ट र राष्ट्रिय परिचयपत्रका लागि दिइन् आवेदन

Nagarik News •
November 09, 2026 • 12:50 PM
1
1 reads 0 reactions

हसिनाका बेलायतस्थित वकिलहरूले सोमबार नयाँदिल्लीस्थित बंगलादेशको उच्च आयोगलाई पत्र पठाउँदै नयाँ पासपोर्ट र राष्ट्रिय परिचयपत्र जारी गर्न आग्रह गरेका हुन्।

देश फर्किने तयारीमा शेख हसिना, पासपोर्ट र राष्ट्रिय परिचयपत्रका लागि दिइन् आवेदन

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतबाट स्वदेश फर्किने तयारीस्वरूप नयाँ पासपोर्ट र राष्ट्रिय परिचयपत्र (एनआईडी) का लागि आवेदन दिएकी छन्। उनले डिसेम्बरमा बंगलादेश फर्किने इच्छा व्यक्त गरेकी छन्।

हसिनाका बेलायतस्थित वकिलहरूले सोमबार नयाँदिल्लीस्थित बंगलादेशको उच्च आयोगलाई पत्र पठाउँदै नयाँ पासपोर्ट र राष्ट्रिय परिचयपत्र जारी गर्न आग्रह गरेका हुन्। उनको यसअघिको पासपोर्ट र राष्ट्रिय परिचयपत्र खारेज भएको विवरण सार्वजनिक भएपछि नयाँ कागजातका लागि अनुरोध गरिएको हो।

रोयटर्सले प्राप्त गरेको पत्रमा हसिनाको बंगलादेशी नागरिकताको आधारमा आवश्यक कागजात छिटो जारी गर्न आग्रह गरिएको छ। तर, उनी कहिले र कुन माध्यमबाट बंगलादेश फर्किने भन्ने निश्चित मिति भने पत्रमा उल्लेख छैन।

बंगलादेशका गृहमन्त्री सलाहुद्दिन अहमदले सोमबार हसिनाको पासपोर्ट र राष्ट्रिय परिचयपत्रसम्बन्धी आवेदनबारे जानकारी आएको तर त्यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको बताए।

उनले परराष्ट्र र कानुन मन्त्रालयले आवेदनको सत्यता, कानुनी आधार, प्रक्रिया पूरा भए-नभएको र हसिना ती कागजात प्राप्त गर्न योग्य भए-नभएको विषयमा अध्ययन गरिरहेको बताए।

'आवेदनको कानुनी आधार, प्रक्रिया पूरा भएको छ कि छैन र पासपोर्ट माग्ने अधिकार छ कि छैन भन्ने सबै विषय समीक्षा भइरहेका छन्,' उनले पत्रकारहरूसँग भने।

हसिनालाई स्वदेश फर्काउने विषयमा गृहमन्त्री अहमदले भारतसँग कूटनीतिक माध्यमबाट प्रत्यर्पणका लागि पत्र पठाइसकेको जानकारी दिए।

'हामीले कानुनी प्रक्रियाअनुसार उहाँलाई फिर्ता पठाउन भारतलाई पत्र पठाइसकेका छौं,' उनले भने।

प्रत्यर्पणमार्फत फर्काउन बंगलादेशको जोड बंगलादेशका परराष्ट्र राज्यमन्त्री हुमायुन कबिरले हसिनालाई नयाँ पासपोर्ट दिनुभन्दा भारतबाट प्रत्यर्पणमार्फत फिर्ता ल्याउने सरकारको नीति रहेको बताएका छन्।

उनले बंगलादेश र भारतबीच प्रत्यर्पण सन्धि रहेको उल्लेख गर्दै हसिनालाई स्वदेश फर्काउन यही प्रक्रिया अपनाइने बताए।

'उहाँले न्यायको सामना गर्न आफैं आत्मसमर्पण गर्नुपर्छ,' कबिरले भने।

उनका अनुसार हसिनालाई फिर्ता ल्याउन पासपोर्ट आवश्यक नभई भारतले प्रत्यर्पण सन्धिअनुसार बंगलादेशलाई सुम्पिनुपर्ने हुन्छ।

यसअघि हसिनालाई मृत्युदण्ड सुनाउने मुद्दाका मुख्य अभियोजक एमडी अमिनुल इस्लामले उनको पासपोर्ट आवेदनलाई राजनीतिक गतिविधिका रूपमा व्याख्या गरेका थिए। उनले यसले कानुनी प्रक्रियामा कुनै परिवर्तन नल्याउने बताएका थिए।

भारतमा दुई वर्षदेखि बस्दै हसिना सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि हसिनाले प्रधानमन्त्री पद छाडेकी थिइन्। त्यसपछि उनी हेलिकप्टरमार्फत भारतको नयाँदिल्ली पुगेकी थिइन्। त्यसयता उनी भारतमै बस्दै आएकी छन्।

सन् २०२४ मा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको दमनसम्बन्धी मानवताविरुद्धको अपराधको मुद्दामा सन् २०२५ नोभेम्बरमा बंगलादेशको अदालतले उनलाई अनुपस्थितिमै मृत्युदण्ड सुनाएको थियो। हसिनाले भने आफूविरुद्धका आरोप अस्वीकार गर्दै आएकी छन्।

उनले रोयटर्ससँगको कुराकानीमा बंगलादेश फर्किएर अदालतसमक्ष आत्मसमर्पण गर्ने योजना रहेको बताएकी छन्। उनका सहयोगीहरूले पनि आवश्यक प्रक्रिया पूरा भएपछि फर्किने मिति सार्वजनिक गरिने बताएका छन्।

हसिनाको भारतमा निरन्तर उपस्थितिले बंगलादेश र भारतबीचको सम्बन्धमा समेत प्रभाव पारेको छ। बंगलादेशले यसअघि पनि भारतसँग उनको प्रत्यर्पण मागेको थियो। भारतले भने यस विषयमा कानुनी प्रक्रिया र अन्य पक्षलाई ध्यानमा राखेर अध्ययन भइरहेको बताउँदै आएको छ।

यसैबीच, सन् २०२६ फेब्रुअरीमा भएको निर्वाचनमा हसिनाको अवामी लिग पार्टीलाई सहभागी हुन दिइएको थिएन। उक्त निर्वाचनमा तारिक रहमान नेतृत्वको दल विजयी भएको थियो।

हसिनाको सम्भावित स्वदेश फिर्तीले बंगलादेशको राजनीतिक वातावरणमा नयाँ बहस सिर्जना गर्न सक्छ। उनको समर्थन गर्ने र विरोध गर्ने समूहबीच तनाव बढ्न सक्ने विषयलाई लिएर पनि चासो व्यक्त भइरहेको छ। एजेन्सी

प्रकाशित: २३ कार्तिक २०८३ १८:३५ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
स्वदेश फर्किन हसिनाले दिइन् राहदानी आवेदन, बंगलादेश भन्छ- अपराधीलाई फिर्ता ल्याउन पासपोर्ट चाहिँदैन

स्वदेश फर्किन हसिनाले दिइन् राहदानी आवेदन, बंगलादेश भन्छ- अपराधीलाई फिर्ता ल्याउन पासपोर्ट चाहिँदैन

काठमाडौं- भारतमा बस्दै आएकी बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्किन नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र (एनआईडी) बनाउन दिल्लीस्थित बंगलादेश उच्च आयोगमा आवेदन दिएकी छन् । बंगलादेशमा...

#हसिना #बंगलादेश #पासपोर्ट
Compare →
Ekantipur
4d ago
बंगलादेश फर्कन राहदानी माग गर्दै शेख हसिनाद्वारा पत्र, सरकारद्वारा अस्वीकार

बंगलादेश फर्कन राहदानी माग गर्दै शेख हसिनाद्वारा पत्र, सरकारद्वारा अस्वीकार

सन् २०२४ मा विद्यार्थी आन्दोलनका कारण सत्ताच्युत भएर भारतमा आश्रय लिइरहेकी हसिनाले बंगलादेशी राहदानी र राष्ट्रिय परिचयपत्र पाउनका लागि लन्डनस्थित ल फर्ममार्फत दिल्लीस्थित बंगलादेशी दूतावासमा औपचारिक पत्र पठाएकी छिन्

#हसिना #शेख
Compare →
Onlinekhabar
2d ago
बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँ*सी हुनेछ

बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँ*सी हुनेछ

२५ कात्तिक, ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना आफ्नो देश फर्कने प्रयास गरिरहेकी छन्। यसैबीच, बङ्गलादेशका प्रमुख सरकारी वकिल मोहम्मद अमिनुल इस्लामले मङ्गलबार हसिना देश फर्किएमा उनलाई मृत्युदण्ड दिइने बताएका छन्। उनीसँग अब कुनै विकल्प …

#हसिना
Compare →

Related Stories

World News
Build #2611