Trending
Prev Story
Next Story

म एक धार्मिक व्यक्ति हुँ, त्यसैले म स्वर्ग जान्छु : ट्रम्प

Onlinekhabar •
November 09, 2026 • 01:01 PM
1
1 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिबिएस न्युजको चर्चित कार्यक्रम '६० मिनेट'का संवाददाता रस डुथाटसँगको अन्तर्वार्तामा आफ्नो जीवन, मृत्यु, राजनीतिक शत्रुहरूप्रति रोष र अज्ञात उडान वस्तुहरू (युएफओ) बारे कयौँ रोचक तथा अनपेक्षित खुलासा गरेका छन्। आफ्ना दुई कार्यकालमा …

म एक धार्मिक व्यक्ति हुँ, त्यसैले म स्वर्ग जान्छु : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिबिएस न्युजको चर्चित कार्यक्रम ‘६० मिनेट’का संवाददाता रस डुथाटसँगको अन्तर्वार्तामा आफ्नो जीवन, मृत्यु, राजनीतिक शत्रुहरूप्रति रोष र अज्ञात उडान वस्तुहरू (युएफओ) बारे कयौँ रोचक तथा अनपेक्षित खुलासा गरेका छन्।

आफ्ना दुई कार्यकालमा धेरैपटक ज्यान मार्ने प्रयासहरूबाट जोगिन सफल भएका ८० वर्षीय ट्रम्पले यस अन्तर्वार्तामा मृत्युपछिको जीवन र वायुसेनाका पाइलटहरूसँग भएका भेटघाटबारे खुलेर कुरा गरे।

मृत्यु, स्वर्ग र शत्रुहरूप्रति क्षमा नदिने अडान

अन्तर्वार्ताको सुरुआतमा पत्रकार रस डुथाटले ट्रम्पलाई हत्याका प्रयासहरूबाट बाँचेपछि मृत्युप्रतिको दृष्टिकोण फेरिएको छ कि छैन र मरेपछि के हुन्छ जस्तो लाग्छ भनी प्रश्न गरेका थिए।

केही समय रोकिएर ट्रम्पले जवाफ दिए, ‘मलाई आशा छ मलाई मानिसहरूले सम्झनेछन्। म एक धार्मिक व्यक्ति हुँ, त्यसैले सिद्धान्ततः म स्वर्ग जानुपर्छ। म आशा गर्छु, किनकि म नरक जान चाहन्नँ।’

वायुसेनाका पाइलटहरूले सुनाएका ‘अत्यन्त अनौठो’ युएफओ का कथा

अन्तर्वार्ताको अन्त्यतिर ट्रम्पले आफूलाई मानिसहरूले सबैभन्दा बढी सोध्ने प्रश्नहरूमध्ये ‘यूएफओ’ जिज्ञासा एक रहेको बताए।

ट्रम्पले आफ्नो पहिलो र दोस्रो कार्यकालमा ओभल अफिसमा अमेरिकी वायुसेनाका अत्यन्त योग्य, अनुभवी र भरपर्दो पाइलटहरूसँग भएका भेटघाटहरूको स्मरण गरे।

उनले भने, ‘यी मानिसहरू कुनै षड्यन्त्र सिद्धान्तकार (कन्स्पिरेसी थ्योरिस्ट्स) होइनन्। उनीहरू फिल्म ‘टम क्रूज’ जस्तै युवा, आकर्षक र पूर्ण रूपमा दक्ष हुन्। उनीहरू आफ्नो क्षेत्रका असली खेलाडी हुन्।’

ती पाइलटहरूले आफूसँग उडानका क्रममा देखेका अत्यन्त अनौठा र अचम्म लाग्ने घटनाहरूबारे कुरा गरेको ट्रम्पले खुलाए। यद्यपि आफू यस्ता विषयमा अतिवादी विश्वासी नभएको तर ती गम्भीर व्यक्तिहरूले बताएका कुराहरू निकै अनौठा रहेको उनले उल्लेख गरे।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
9h ago
इरान युद्धबाट ध्यान मोड्न ट्रम्पको अर्को फण्डा

इरान युद्धबाट ध्यान मोड्न ट्रम्पको अर्को फण्डा

काठमाडौं - मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय व्यहोरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रक्षात्मक बनेका छन् । उनले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अप...

#ट्रम्प
Compare →
Arthasansar
12h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प
Compare →
Nagarik News
14h ago
ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट हटाएका छन्।

#ट्रम्प
Compare →

Related Stories

World News
Build #2611