Trending
Prev Story
Next Story

चाडपर्वको बिदामा पनि मानव अधिकार आयोगका कार्यालय खुला रहने

Onlinekhabar •
November 09, 2026 • 11:30 AM
1
1 reads 0 reactions

२३ कात्तिक, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरू तिहार र छठ बिदाका दिनहरूमा पनि खुला रहने भएका छन् । आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार मानव अधिकारको उल्लंघनका घटनाको उजुरी लिन र आकस्मिक …

चाडपर्वको बिदामा पनि मानव अधिकार आयोगका कार्यालय खुला रहने

२३ कात्तिक, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरू तिहार र छठ बिदाका दिनहरूमा पनि खुला रहने भएका छन् ।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार मानव अधिकारको उल्लंघनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू बिदाका दिनमा पनि खुला राखिएको हो ।

उनले प्रेस नोट निकालेर अगाडि भनेका छन्, ‘ राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू बिदाका दिनमा बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहने व्यवस्था गरिएको हो । यस अवधिमा आकस्मिक प्रयोजनका लागि आयोगका कार्यालय तथा मोवाइल नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछ ।’

आयोगको केन्द्रीय कार्यालय, पुल्चोक ललितपुरमा छ । कोशी प्रदेश कार्यालय विराटनगरमा छ । कोशी प्रदेश शाखा कार्यालय खोटाङमा पनि छ ।

मधेश प्रदेश कार्यालय जनकपुरमा, बागमती प्रदेश कार्यालय हेटौंडामा, गण्डकी प्रदेश कार्यालय पोखरामा छ ।

लुम्बिनी प्रदेश कार्यालय दाङमा कर्णाली प्रदेश कार्यालय सुर्खेतमा सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा छ । लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगञ्जमा र कर्णाली प्रदेश शाखा कार्यालय जुम्लामा छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
भीमफेदी बस दुर्घटनाप्रति जन अधिकार पार्टीद्वारा दुःख व्यक्त, घाइतेको उपचार र राहत दिन माग

भीमफेदी बस दुर्घटनाप्रति जन अधिकार पार्टीद्वारा दुःख व्यक्त, घाइतेको उपचार र राहत दिन माग

काठमाडौँ- मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको ईभी माइक्रोबस दुर्घटनाप्रति जन अधिकार पार्टीले दुःख व्यक्त गरेको छ। पार्टीले बिहीबार विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी १० जनाको मृत्य...

#अधिकार
Compare →
Nagarik News
5h ago
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वको अवसरमा आगामी सोमबार सार्वजनिक बिदा भए पनि राहदानी विभाग भने खुला रहने भएको छ ।

#रहने
Compare →
Arthasansar
8h ago
सोमबार पनि सार्वजनिक बिदा

सोमबार पनि सार्वजनिक बिदा

सरकारले आगामी सोमबार (३० कात्तिक)मा पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो। आइतबार...

#कात्तिक #बिदा
Compare →
Bizshala
8h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#कात्तिक #बिदा
Compare →

Related Stories

Technology
Build #2611