Trending
Prev Story
Next Story

हेर्न लायक पोखराको ब्याटिङ

Nagarik News •
November 09, 2026 • 08:24 AM
1
1 reads 0 reactions

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को १९ औं खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्ससामु २१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

हेर्न लायक पोखराको ब्याटिङ

ओपनर युभराज सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को पहिलो शतक प्रहार गरेपछि पोखरा एभेन्जर्सले कर्णाली याक्ससामु २१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिताको १९ औं खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले चालू सिजनमै पहिलो पटक २०० रनको आँकडा पार गर्‍यो। पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१७ रनको विशाल योगफल खडा गरेको हो।

जारी सिजनकै पहिलो शतक बनाउने क्रममा युभराजले मात्र ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रनको विष्फोटक इनिङ्स खेले। उनले २३ बलमै अर्धशतक र ४५ बलमा आफ्नो शतक पूरा गरेका थिए।

युभराजलाई तेस्रो नम्बरमा आएका कुशल भुर्तेलले उत्कृष्ट साथ दिए। भुर्तेलले ३९ बलमा ७ छक्काको मद्दतमा ६२ रनको आक्रामक अर्धशतकीय इनिङ्स खेले। उनले २८ बलमा अर्धशतक बनाएका थिए। दोस्रो विकेटका लागि युभराज र भुर्तेलबीच १३६ रनको महत्वपूर्ण साझेदारी भएको थियो।

अन्त्यतिर कप्तान चामिका करुणारत्नेले मात्र ११ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ३५ रन जोडे। सन्नी बिक ३ रनमा अविजित रहँदा ओपनर मेहदी हसन ५ रन बनाएर आउट भए। पोखराले अतिरिक्त १० रन पाएको थियो।

पोखराले पावरप्लेको ६ ओभरमा १ विकेट गुमाएर ४२ रन जोडेको थियो। त्यसपछि टोलीले ७ ओभरमा ५० रन, ११ ओभरमा १०० रन, १३.३ ओभरमा १५० रन र १८.४ ओभरमा २०० रन पूरा गर्‍यो।

कर्णाली याक्सका लागि कप्तान सोमपाल कामीले कसिलो बलिङ गर्दै ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। मार्क वाटले ४ ओभरमा ३४ रन दिएर १ विकेट हात पारे।

कर्णालीका अन्य बलरहरू नन्दन यादव (४ ओभरमा ४१ रन), पवन सर्राफ (३ ओभरमा २६ रन), गुलशन झा (२ ओभरमा ३० रन), जिशान आलम (१ ओभरमा २४ रन), सूर्य तामाङ (१ ओभरमा २० रन) र युवराज खत्री (१ ओभरमा १५ रन) भने विकेटविहीन रहे।

प्रकाशित: २३ कार्तिक २०८३ १४:०९ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
6h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#एनपीएल #प्रिमियर-लिग #रनको
Compare →
Hamro Patro News
7h ago
एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले चितवन राइनोजसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ। सुरुवातबाटै कमजोर प्रदर्शन गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेक...

#एनपीएल #प्रिमियर-लिग #रनको
Compare →
Onlinekhabar
2h ago
ब्याटिङका लागि किन चुनौतीपूर्ण बनिरहेको छ टीयू ग्राउन्डको पिच ?

ब्याटिङका लागि किन चुनौतीपूर्ण बनिरहेको छ टीयू ग्राउन्डको पिच ?

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पछिल्ला खेलहरूमा रन बनाउनै मुस्किल भइरहेको देखिन्छ । ब्याटरका लागि पिच चुनौतीपूर्ण देखिँदा बलरले भने त्यसको फाइदा उठाइरहेका छन्। शुक्रबार भएका दुवै खेलमा बनेका कम योगफल र …

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →
Ekantipur
9h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2611