Trending
Prev Story
Next Story

भाइटिकामा दाजुभाइलाई ढाका टोपी किन पहिर्‍याइन्छ ?

Onlinekhabar •
November 09, 2026 • 08:30 AM
1
1 reads 0 reactions

भाइटिकाको दिन चेलीले दाजुभाइको निधारमा सप्तरंगी टीका लगाउँछिन् । मखमली माला पहिर्‍याउँछिन् । मिठाइ खुवाउँछिन् ।  अनि, दाजुभाइको शिरमा ढाका टोपी लगाइदिन्छिन्। त्यो टोपी मात्र टोपी हुँदैन । त्यसमा एउटा कामना लुकेको हुन्छ, 'माइतीको शीर सधैँ उच्च …

भाइटिकामा दाजुभाइलाई ढाका टोपी किन पहिर्‍याइन्छ ?

भाइटिकाको दिन चेलीले दाजुभाइको निधारमा सप्तरंगी टीका लगाउँछिन् । मखमली माला पहिर्‍याउँछिन् ।

मिठाइ खुवाउँछिन् ।  अनि, दाजुभाइको शिरमा ढाका टोपी लगाइदिन्छिन्।

त्यो टोपी मात्र टोपी हुँदैन । त्यसमा एउटा कामना लुकेको हुन्छ, ‘माइतीको शीर सधैँ उच्च रहोस् ।’

ढाका टोपी नेपाली पहिचानसँग जोडिएको मौलिक पहिरन हो । त्यसैले, भाइटिकामा चेलीले दाजुभाइलाई ढाका टोपी उपहार दिनुलाई केवल उपहार साटासाटका रूपमा मात्र हेरिँदैन ।

यसमा माया छ, सम्मान छ र माइतीको उन्नतिको कामना पनि छ।

भाइटिकामा दाजुभाइको शिर खाली राख्नुहुँदैन भन्ने सामाजिक मान्यता नेपाली समाजमा पाइन्छ। यही विश्वाससँग जोडिएर दिदीबहिनीले दाजुभाइलाई टोपी लगाइदिने चलन बसेको मानिन्छ।

शिरलाई सम्मान र प्रतिष्ठाको प्रतीक मानिन्छ। त्यसैले शिरमा टोपी लगाइदिनुको अर्थ पनि सामान्य छैन।

चेलीले माइतीको शिरमा ढाका टोपी लगाइदिँदा त्यसले एउटा मौन सन्देश दिन्छ, ‘तिम्रो शिर सधैँ उँचो रहोस्।’

माइतीको सुख, समृद्धि र प्रतिष्ठाको कामना गर्दै चेलीले दिने उपहार भएकैले ढाका टोपीको अर्थ अरू उपहारभन्दा केही फरक देखिन्छ।

ढाका टोपी नेपालीका लागि केवल टाउको छोप्ने पहिरन होइन । यो आफ्नोपनको एउटा चिनारी हो।

कुनै नेपालीलाई टाढाबाट चिनाउनुपर्‍यो भने ढाका टोपी आफैँ एउटा परिचय बन्छ । दौरा–सुरुवालसँग होस् वा अन्य पोसाकसँग, शिरमा ढाका टोपी ढल्किँदा त्यसले नेपालीपनको छुट्टै झल्को दिन्छ।

त्यसैले, ढाका टोपीसँग नेपाली समाजको सम्बन्ध कपडा र पहिरनको सम्बन्धमा मात्र सीमित छैन। यसमा भावना जोडिएको छ। संस्कृति जोडिएको छ।

पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परा जोडिएको छ।

हाम्रा पुर्खाले टोपीलाई शिरपोसका रूपमा महत्व दिए। शिरको शोभा र गरिमासँग जोडिएको टोपी नेपाली सामाजिक जीवनमा सम्मानको प्रतीक पनि बन्यो।

तिहारसँगै बजारमा ढाका टोपी छ्यापछ्याप्ती

तिहार नजिकिँदै जाँदा बजारमा ढाका टोपीको चहलपहल बढ्छ।

पसलका अगाडि विभिन्न रंग र बुट्टाका टोपी देखिन थाल्छन्। कतै दाजुभाइका लागि टोपी किनिँदै हुन्छ, कतै चेलीले माइतीका लागि उपहार छानिरहेकी हुन्छिन्।

बजारमा ढाका टोपी देखिनासाथ तिहार आएको अनुभूति हुन्छ।

किनभने ढाका टोपीले चाडपर्व मात्र सम्झाउँदैन, यसले माइतीको घर, दाजुभाइ–दिदीबहिनीको सम्बन्ध र बाल्यकालका सम्झनासमेत फर्काइदिन्छ।

त्यसैले, तिहारमा ढाका टोपीको उपस्थिति आफैँमा एउटा सांस्कृतिक दृश्यजस्तो लाग्छ।

समय फेरिएको छ। जीवनशैली फेरिएको छ। उपहार दिने शैली पनि फेरिएको छ।

कुनै समय चेलीले माइतीका लागि कपडा, मिठाइ र ढाका टोपी बोकेर जाने गर्थिन्। अहिले त्यसको ठाउँमा जुत्ता, घडी, मोबाइल, ग्याजेटलगायत आधुनिक सामग्रीले लिन थालेका छन् ।

यद्यपी,  आधुनिकताको यो दौडमा कतिपय पुराना परम्परा बिस्तारै ओझेल पर्दै गएका छन्। ढाका टोपी पनि त्यसबाट अछुतो छैन।

आज धेरै चेलीले माइतीका लागि अन्य उपहार रोज्छन् । ढाका टोपीको स्थान कतिपय अवस्थामा अन्य सामग्रीले लिएको छ ।

तर एउटा टोपीले बोकेको अर्थ कुनै ग्याजेटले बोक्न सक्दैन ।

ढाका कपडाबाट तयार हुने ढाका टोपी नेपाली पहिरनको परिचित हिस्सा हो। यसको डिजाइन, बुट्टा र रंगले यसलाई अरू टोपीभन्दा छुट्टै पहिचान दिएको छ।

ढाका टोपीको इतिहास र यसको नामकरणबारे विभिन्न मत पाइन्छन्। तर यसको सांस्कृतिक यात्रा भने नेपाली समाजसँग गहिरोसँग जोडिएको छ।

विशेषगरी आधुनिक नेपालमा नेपाली पोसाक र राष्ट्रिय पहिचानसँग ढाका टोपीको सम्बन्ध अझ बलियो बन्दै गएको देखिन्छ। नेपाली पोसाकलाई सार्वजनिक तथा सरकारी जीवनमा प्राथमिकता दिइएका समयमा यसको प्रयोग पनि व्यापक बनेको थियो ।

यसैले, ढाका टोपी  एउटा पहिरन होइन, नेपालीपन देखाउने एउटा सांस्कृतिक प्रतीकका रूपमा स्थापित भयो।

शिरलाई नेपाली समाजमा सधैँ सम्मानसँग जोडेर हेरिएको छ।

शिर उच्च हुनु भनेको सम्मानित हुनु हो। शिर निहुरिनु भनेको हार वा अपमानसँग जोडिनु हो।

सायद यही भावनाको सुन्दर रूप हो, भाइटिकामा चेलीले माइतीको शिरमा टोपी लगाइदिनु ।

टोपी लगाइदिँदै गर्दा उनले ठूलाठूला शब्द बोलिरहनु पर्दैन। उनको हातले नै एउटा शुभकामना बोलिरहेको हुन्छ।

‘तिम्रो शिर सधैँ उच्च रहोस्।’  माइती जहाँ पुगून्, जस्तोसुकै अवस्थामा पुगून्, उनको शिर कहिल्यै नझुकोस्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
भाइटिकामा दाजुभाइलाई ढाका टोपी किन पहिर्‍याइन्छ ?

भाइटिकामा दाजुभाइलाई ढाका टोपी किन पहिर्‍याइन्छ ?

भाइटिकाको दिन चेलीले दाजुभाइको निधारमा सप्तरंगी टीका लगाउँछिन् । मखमली माला पहिर्‍याउँछिन् । मिठाइ खुवाउँछिन् । अनि, दाजुभाइको शिरमा ढाका टोपी लगाइदिन्छिन्। त्यो टोपी मात्र टोपी हुँदैन । त्यसमा ए...

#टोपी #दाजुभाइ #भाइटिका
Compare →
Ekantipur
2d ago
दाजुभाइको उपहारदेखि पर्यटकको रोजाइसम्म पाल्पाली ढाका

दाजुभाइको उपहारदेखि पर्यटकको रोजाइसम्म पाल्पाली ढाका

दाजुभाइ र आफन्तलाई ढाकाका सामग्री उपहार दिने चलन बढेसँगै तिहारमा पाल्पाली उत्पादनले संस्कृति, पहिचान र पारिवारिक सम्बन्ध जोडिरहेको छ।

#दाजुभाइ #ढाका
Compare →
Arthasansar
2d ago
तिहारको मुख्य दिन आज भाइटिका

तिहारको मुख्य दिन आज भाइटिका

यो वर्षको तिहारको मुख्य दिन आज भाइटिका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना...

#दाजुभाइ #भाइटिका
Compare →
Nagarik News
2d ago
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

मिथिला क्षेत्रमा आज कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै भैयादुज पर्व मनाइँदै छ ।

#दाजुभाइ
Compare →
Setopati
2d ago
दाजुभाइ–दिदीबहिनीले हाम्रो खुसी र मानसिक स्वास्थ्यमा कति फरक पार्छन्?

दाजुभाइ–दिदीबहिनीले हाम्रो खुसी र मानसिक स्वास्थ्यमा कति फरक पार्छन्?

दाजुभाइ–दिदीबहिनीको सम्बन्धले चाडपर्वमा टीका र माला साटासाट गर्नुभन्दा धेरै ठूलो अर्थ राख्छ। बाल्यकालदेखि बुढ्यौलीसम्म यो सम्बन्धले हाम्रो खुसी र मानसिक स्वास्थ्यमा कस्तो भूमिका खेल्छ?

#दाजुभाइ
Compare →

Related Stories

Technology
Build #2611