Trending
Prev Story
Next Story

दैलेख बोलेरो दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

Hamro Patro News •
November 09, 2026 • 07:15 AM
1
1 reads 0 reactions

दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा कालीकोट सान्नीत्रिवेणी गाउँपालिका–७ का ४१ वर्षीय रने सार...

1 / 2
Swipe Photos

दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा कालीकोट सान्नीत्रिवेणी गाउँपालिका–७ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं प्रहरी उपरीक्षक श्रावणकुमार विकका अनुसार विष सेवन गरेकी सान्नीत्रिवेणी गाउँपालिका–७ की २७ वर्षीया कैसी सार्कीलाई उपचारका लागि स्थानीयले कालीकोटबाट सुर्खेत लैजाँदै गर्दा काफलतोलीमा बोलेरो दर्घना भई एकको मृत्युसहित पाँच जना घाइते भएका हुन् । कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा घाइते भएका पाँच जनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा अहिले उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
12h ago
गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

#दुर्घटना #गाउँपालिका #मृत्यु
Compare →
Onlinekhabar
3h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना #गाउँपालिका #मृत्यु
Compare →
Nagarik News
1d ago
भीमफेदी दुर्घटना अपडेट : मृ*त्यु हुनेको संख्या १४ पुग्यो, परिवारकै पाँच जनाको ज्यान गयो

भीमफेदी दुर्घटना अपडेट : मृ*त्यु हुनेको संख्या १४ पुग्यो, परिवारकै पाँच जनाको ज्यान गयो

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा भएको यात्रुवाहक हाइस दुर्घटनामा मृ*त्यु हुनेको संख्या १४ पुगेको छ।

#दुर्घटना #गाउँपालिका #मृत्यु
Compare →
Arthasansar
10h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#गाउँपालिका #दुर्घटना
Compare →
Bizshala
12h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

Technology
Build #2611