काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइएको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन वैदिक सनातन धर्मावलम्बीले गाईलाई पवित्र मानी पूजा गर्ने परम्पराअनुसार गाईपूजा गरेका हुन् ।
यस अवसरमा काठमाडौंको गोठाटारस्थित असहाय गाईबाच्छा संरक्षण स्थलमा पनि गाईको पूजाआजा गरिएको छ । उक्त संरक्षण स्थलले विगत आठ वर्षदेखि सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धार तथा संरक्षण गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )