Trending
Prev Story
Next Story

इङ्गल्यान्डद्वारा श्रीलंकालाई ४३० रनको लक्ष्य, कप्तान ह्यारी ब्रुकको किर्तीमानी दोहोरो शतक

Arthasansar •
October 22, 2026 • 02:01 PM
1
1 reads 0 reactions

पाकिस्तानमा जारी एकदिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत श्रीलंकाविरुद्धको तेस्रो खेलमा इङ्गल्यान्डले जितका लागि ४३० रनको लक्ष्य दिएको छ । टस हारेर...

इङ्गल्यान्डद्वारा श्रीलंकालाई ४३० रनको लक्ष्य, कप्तान ह्यारी ब्रुकको किर्तीमानी दोहोरो शतक

पाकिस्तानमा जारी एकदिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत श्रीलंकाविरुद्धको तेस्रो खेलमा इङ्गल्यान्डले जितका लागि ४३० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको इंग्लिस टोलिले निर्धारीत ५० ओभारमा ४ विकेट गुमाएर ४२९ रनको विशाल योगफल खडा गरेको हो ।

उसका लागि कप्तान ह्यारी ब्रुकले विष्फोटक ब्याटिङ गर्दै कीर्तिमानी दोहोरो शतक प्रहार गरेका छन् । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ११६ बलमा २०२ रनको पारी खेले । बल संख्याका आधारमा यो अहिलेसम्मकै छिटो दोहोरो शतक हो । उनी ओडिआईमा दोहोरो शतक बनाउने ईंग्ल्याण्डका पहिलो ब्याटर बनेका छन् ।  ब्रुकले आफ्नो पारीमा २१ चौका र १० छक्का प्रहार गर्दै १७४.१३ को स्ट्राइक रेटमा रन जोडेका थिए । उनी खेलको अन्तिम बलमा जनित लियानागेको बलमा आउट भए ।

ब्रुक बाहेक इङ्गल्यान्डका अन्य ब्याटरहरूले पनि उत्कृष्ट प्रदर्शन गरे । जो रुटले ६६ बलमा ६९ रन बनाए भने विल ज्याक्सस् मात्र ३० बलमा ६६ रन बनाएर अविजित रहेका छन् । टम ब्यान्टनस्ले ५१ बलमा ५० रन बनाए । श्रीलंकाका बलरहरू ब्याटिङ सहयोगी पिचमा निकै महँगो साबित भए । स्पिनर दुनिथ वेल्लालागेले १० ओभरमा ५६ रन खर्चेर २ विकेट लिए भने असिथा फर्नान्डो र जनित लियानागेले समान १–१ विकेट हात पारे। इशान मालिङ्गाले १० ओभरमा ९१ रन र दिलशान मदुशङ्काले १० ओभरमा ८९ रन खर्चिन पुगे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3d ago
पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

ओमानमा जारी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई जितको लागि २७६ रनको विशाल लक्ष्य दिएको छ।

#रनको #लक्ष्य
Compare →
Hamro Patro News
9h ago
एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले चितवन राइनोजसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ। सुरुवातबाटै कमजोर प्रदर्शन गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेक...

#रनको #लक्ष्य
Compare →
Ekantipur
4d ago
सामराको शतकमा पोखराद्वारा कर्णालीलाई विशाल लक्ष्य

सामराको शतकमा पोखराद्वारा कर्णालीलाई विशाल लक्ष्य

टस जितेपछि ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय १७ रन बनाएको हो ।

#शतक #लक्ष्य
Compare →
Onlinekhabar
4d ago
पोखरा एभेन्जर्सको ‘सेन्चुरी क्लब’, चारमध्ये तीन शतक पोखराकै खेलाडीको नाममा

पोखरा एभेन्जर्सको ‘सेन्चुरी क्लब’, चारमध्ये तीन शतक पोखराकै खेलाडीको नाममा

२३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शतक जब प्रहार गर्ने खेलाडीको नाम आउँछ त्यसमा सबैभन्दा अगाडि आउने टिम पोखरा एभेन्जर्स हो । एनपीएलमा पोखरा एभेन्जर्सले एउटा विशेष कीर्तिमान बनाएको छ । एनपीएलको तेस्रो …

#शतक
Compare →

Related Stories

Sports
Build #2611