Trending
Prev Story
Next Story

कालीकोटबाट बिरामी बोकेर गएको बोलेरो दैलेखमा दुर्घटना, ६ जना घाइते

Ekantipur •
November 09, 2026 • 04:01 AM
1
1 reads 0 reactions

कालीकोटबाट बिरामी र कुरुवा बोकेर सुर्खेत जाँदै गरेको जिप सोमबार बिहान गुराँस–१ काफलतोलीमा दुर्घटना भएको हो।

कालीकोटबाट बिरामी बोकेर गएको बोलेरो दैलेखमा दुर्घटना, ६ जना घाइते

कालीकोटबाट बिरामी र कुरुवा बोकेर सुर्खेत जाँदै गरेको जिप सोमबार बिहान गुराँस–१ काफलतोलीमा दुर्घटना भएको हो।

कालीकोट — कालीकोटबाट बिरामी बोकेर सुर्खेत जाँदै गरेको बोलेरो जिप सोमबार बिहान ८ बजे दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

सान्नीत्रिवेणी–६ मेहेलमुडीकी २७ वर्षीया बिरामी कैली सार्की र २७ वर्षीया जादुकला सार्कीसहित कुरुवा बोकेर गएको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी चौकी तल्लो डुंगेश्वरका प्रहरी सहायक निरीक्षक ललित रावलले बताए।

उनका अनुसार दुर्घटनामा चालक कालीकोटको सान्नीत्रिवेणी–७ का २२ वर्षीय योगेश सिम्खाडा गम्भीर घाइते भएका छन्। त्यस्तै बिरामी कैली र जादुकलासहित उनीहरूका कुरुवा १८ वर्षीय गंग सार्की, ४१ वर्षीय रने सार्की र सान्नीत्रिवेणी–७ मुम्राका २१ वर्षीय तपेन्द्र सिम्खाडा घाइते भएका छन्।

उनीहरू सबैलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। बिरामी बोकेको बोलेरो राति कालीकोटबाट सुर्खेततर्फ गएको स्थानीय देवीदास बरालले जानकारी दिए।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
पोखराबाट स्याङ्जा जाँदै गरेको जिप दुर्घटनामा, घाइतेको उपचार हुँदै

पोखराबाट स्याङ्जा जाँदै गरेको जिप दुर्घटनामा, घाइतेको उपचार हुँदै

पोखरा- तनहुँको शुक्लागण्डकी नगरपालिका-११ कालिकोटमा बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। पोखराबाट स्याङ्जाको हरिनास गाउँपालिका-१ खैरीकोटतर्फ जाँदै गरेको ग १ ज ७४१० नम्बरको बोलेरो जिप बिह...

#दुर्घटना #बोलेरो #घाइते
Compare →
Nagarik News
16h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#दुर्घटना #घाइते
Compare →
Onlinekhabar
7h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना
Compare →
Bizshala
16h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

Health & Wellness
Build #2612