काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत सोमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । यस्तै दोस्रो खेलमा चितवन राइनोजले काठमाण्डु गोर्खाजको सामना गर्नेछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेल प्लेअफको दौडमा रहेका टोलीका लागि महत्वपूर्ण छन् । विशेषगरी कर्णाली र पोखरालाई प्रतियोगितामा आफ्नो सम्भावना जीवित राख्न जित आवश्यक छ भने काठमाण्डु र चितवन शीर्ष चारमा आफ्नो स्थान बलियो बनाउने लक्ष्यमा हुनेछन् ।
Read full story at source ( ratopati.com )