Trending
Prev Story
Next Story

सुर्खेतमा जुवातास खेलको आरोपमा ८ जना पक्राउ, ३ लाख बढी नगद बरामद

Onlinekhabar •
November 09, 2026 • 01:01 AM
1
1 reads 0 reactions

२३ कात्तिक, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलेको आरोपमा आठ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ३ लाख ७७ हजार ८५० रुपैयाँ नगद बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति करिब २ः४० बजे …

सुर्खेतमा जुवातास खेलको आरोपमा ८ जना पक्राउ, ३ लाख बढी नगद बरामद

२३ कात्तिक, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलेको आरोपमा आठ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ३ लाख ७७ हजार ८५० रुपैयाँ नगद बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति करिब २ः४० बजे वीरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाइनस्थित पदम चौलागाईंको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

जुवातास खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी निरीक्षक किसमत बुढामगरको कमान्डमा प्रदेश प्रहरी कार्यालयबाट १६ जना, प्रहरी निरीक्षक हिमाल थापामगरको कमान्डमा प्रदेश प्रहरी गणबाट २१ जना र प्रहरी निरीक्षक जितेन्द्र कठायतको कमान्डमा जिल्ला प्रहरी कार्यालयबाट १५ जना गरी ५२ जना प्रहरी परिचालन भएका थिए।

प्रहरीले घटनास्थलबाट आठ जना, जुवातास र नगद ३ लाख ७७ हजार ८५० रुपैयाँ नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेको जनाएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
सुर्खेतमा जुवाविरुद्ध प्रहरीको कारबाही

सुर्खेतमा जुवाविरुद्ध प्रहरीको कारबाही

प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट जुवा खेलिरहेका ५५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट रु १२ लाख ३२ हजार ८४५ बरामद गरिएको छ । यस्तै, भारतीय मुद्रा १३ हजार १२५ बरामद भएको प्रहरीले जनाएको छ । ...

#सुर्खेत #बरामद #वीरेन्द्रनगर
Compare →
Arthasansar
4d ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#जुवातास #बरामद
Compare →
Ekantipur
6d ago
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

राति ११:५० बजे प्राप्त सूचनापछि ४५ सदस्यीय संयुक्त प्रहरी टोलीले घरधनीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

#सुर्खेत #जुवातास
Compare →
Nagarik News
4d ago
जुवाखालबाट साढे तीन लाखसहित ८ जना पक्राउ

जुवाखालबाट साढे तीन लाखसहित ८ जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ३ लाख ७७ हजार ८ सय ५० रुपैयाँ नगदसमेत बरामद गरेको छ।

#सुर्खेत #जुवातास #वीरेन्द्रनगर
Compare →
Bizshala
7h ago
नेपाल एसबीआई बैंकको ३.४० प्रतिशत बोनस र ४.८५ प्रतिशत नगद लाभांश प्रस्ताव

नेपाल एसबीआई बैंकको ३.४० प्रतिशत बोनस र ४.८५ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाण्डौ । नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य रकमबाट सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने प्रस्ताव...

#नगद
Compare →

Related Stories

National (Nepal)
Build #2611