यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल हुँदा स्थानीय फूलको उत्पादन बढेको छ । आपूर्ति पर्याप्त भएपछि मूल्य घटेको छ । गत वर्षको तुलनामा मूल्य घट्दा किसानले लागत मूल्य पाउन कठिन भएको छ भने महँगोमा फूल खरिद गरेर बिक्री गर्न ल्याएका व्यापारी घाटामा परेका छन् ।
विगत तीन वर्षदेखि धरान कृषि उपज बजारमा फूलको व्यापार गर्दै आउनुभएका धरान–१५ का प्रदीपकुमार चौधरीले यस वर्ष फूलको मूल्य घट्दा घाटा बेहोर्नुपरेको बताउनुभयो । उहाँले किसानबाट प्रतिमुठा रु ८० मा खरिद गरेको फूल अहिले बजारमा रु ५० मा बिक्री गर्नुपरेको बताउनुभयो । गत वर्ष फूलको व्यापारबाट राम्रो आम्दानी भए पनि यस वर्ष अपेक्षित कारोबार हुन नसकेको उहाँको भनाइ छ ।
Read full story at source ( barnanmedia.com )