Trending
Prev Story
Next Story

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

Onlinekhabar •
November 08, 2026 • 01:01 PM
1
1 reads 0 reactions

२२ कात्तिक, हाइकोउ (रासस/सिन्ह्वा)। दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ प्रजाति फेला परेको छ । यस खोजले उक्त क्षेत्रको जैविक विविधता र पारिस्थितिक अवस्थामा सुधार भइरहेको देखाएको अनुसन्धानकर्ताहरूले बताएका छन् । हाइनान नर्मल युनिभर्सिटी …

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

२२ कात्तिक, हाइकोउ (रासस/सिन्ह्वा)। दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ प्रजाति फेला परेको छ । यस खोजले उक्त क्षेत्रको जैविक विविधता र पारिस्थितिक अवस्थामा सुधार भइरहेको देखाएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

हाइनान नर्मल युनिभर्सिटी र अन्य विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले हाइनान उष्णकटिबन्धीय वर्षावन राष्ट्रिय निकुञ्जमा उक्त प्रजाति फेला पारेका हुन् । नयाँ प्रजातिलाई ‘हाइनान ग्रुभ–टोड फ्रग’ नाम दिइएको छ । यससम्बन्धी अनुसन्धान प्रतिवेदन जनावरहरूको वर्गीकरणसम्बन्धी अन्तरराष्ट्रिय जर्नल ‘जुकिज’मा प्रकाशित भएको छ ।

अनुसन्धान टोलीले सन् २०२४ देखि २०२६ सम्म निकुञ्जमा गरेको स्थलगत सर्वेक्षणका क्रममा नयाँ प्रजाति पहिचान गरेको हो । यसको शारीरिक बनावट, आणविक तथा आनुवंशिक विश्लेषण र अन्य ज्ञात प्रजातिसँगको तुलनाका आधारमा नयाँ प्रजाति भएको पुष्टि गरिएको हो ।

अनुसन्धानअनुसार यो भ्यागुता समुद्री सतहबाट ३५० देखि ९५० मिटर उचाइमा रहेका उष्णकटिबन्धीय वर्षावनमा पाइन्छ । सदाबहार चौडा पात भएका रूखहरू यसको प्रमुख बासस्थान हुन् ।

हाइनान नर्मल युनिभर्सिटीको स्कुल अफ लाइफ साइन्सेसका डिन वाङ जिचाओले यो खोज राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भइरहेको जैविक विविधता सर्वेक्षणको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार यसले हाइनान टापुमा उभयचर जीवको विविधता थप विस्तार गरेको छ ।

सन् २०२१ मा स्थापना भएको हाइनान उष्णकटिबन्धीय वर्षावन राष्ट्रिय निकुञ्ज चीनको महत्वपूर्ण जैविक विविधता संरक्षण क्षेत्र हो । निकुञ्ज प्रशासनका अनुसार पछिल्ला पाँच वर्षमा यहाँ वनस्पति र वन्यजन्तुका ९० भन्दा बढी नयाँ प्रजाति फेला परेका छन् ।

निकुञ्जले हाइनानको ९५ प्रतिशतभन्दा बढी प्राथमिक वन र ५५ प्रतिशतभन्दा बढी प्राकृतिक वनको प्रभावकारी संरक्षण गरेको जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
चीनको हाइनान टापुमा भेटियो भ्यागुताको नयाँ प्रजाति

चीनको हाइनान टापुमा भेटियो भ्यागुताको नयाँ प्रजाति

काठमाडौं– दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ प्रजाति फेला परेको छ । यस खोजले उक्त क्षेत्रको जैविक विविधता र पारिस्थितिक अवस्थामा सुधार भइरहेको देखाएको अनु...

#प्रजाति #चीन #टापु
Compare →
Nagarik News
4d ago
अमेरिकालाई चीनले दियो ठुलो राहत : दुई महिनाका लागि रोकियो २४ प्रतिशत शुल्क

अमेरिकालाई चीनले दियो ठुलो राहत : दुई महिनाका लागि रोकियो २४ प्रतिशत शुल्क

चीनको राज्य परिषद्अन्तर्गतको भन्सार शुल्क आयोगले सोमबार यस्तो निर्णय सार्वजनिक गरेको हो। आयोगका अनुसार नयाँ व्यवस्था नोभेम्बर १० देखि लागू हुनेछ।

#चीन
Compare →
Ekantipur
4d ago
चीनले थप दुई महिना दुर्लभ खनिजको निर्यातमा रोक नलगाउने

चीनले थप दुई महिना दुर्लभ खनिजको निर्यातमा रोक नलगाउने

राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर सम्मेलनपछि भएको बृहत् सम्झौतालाई जोगाइराख्न चीनले यस्तो निर्णय लिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्

#चीन
Compare →

Related Stories

World News
Build #2611