Trending
Prev Story
Next Story

धनकुटाको दुग्ध सहकारीको १८ लाख ९५ हजार बक्यौता दुई वर्षदेखि उठेन

Ekantipur •
October 13, 2026 • 02:19 PM
1
1 reads 0 reactions

तत्कालीन दुई व्यवस्थापक, एक सेयर सदस्य र दुग्ध व्यापारीबाट रकम नउठ्दा सहकारी घाटामा परे पनि किसानलाई भुक्तानी दिइँदैछ।

धनकुटाको दुग्ध सहकारीको १८ लाख ९५ हजार बक्यौता दुई वर्षदेखि उठेन

तत्कालीन दुई व्यवस्थापक, एक सेयर सदस्य र दुग्ध व्यापारीबाट रकम नउठ्दा सहकारी घाटामा परे पनि किसानलाई भुक्तानी दिइँदैछ।

धनकुटा — धनकुटा नगरपालिका–३ कागतेस्थित दुग्ध सहकारी संस्थाको १८ लाख ९५ हजार १०० रुपैयाँ बक्यौता रहेको छ। तत्कालीन व्यवस्थापक, सेयर सदस्य र दुग्ध व्यापारीबाट उक्त रकम उठ्न बाँकी रहेको सहकारीका अध्यक्ष मिनबहादुर कार्कीले बताए।

अध्यक्ष कार्कीका अनुसार तत्कालीन व्यवस्थापक दुर्गा थापाबाट १३ लाख १३ हजार ८१२ रुपैयाँ, अर्का व्यवस्थापक उद्धव भण्डारीबाट ८८ हजार ९५३ रुपैयाँ, सेयर सदस्य खिरबहादुर कार्कीबाट ३ लाख ९१ हजार ९३४ रुपैयाँ र दुग्ध व्यापारी टीका कार्कीबाट ६५ हजार रुपैयाँ उठ्न बाँकी छ। उनीहरूले लामो समयदेखि रकम नबुझाएको अध्यक्ष कार्कीले बताए।

पूर्वव्यवस्थापक दुर्गा थापाले २०८१ भदौ १२ मा ६ महिनाभित्र साँवा र ब्याज बुझाउने लिखित सहमति गरेकी थिइन्। तर, सहमतिअनुसार रकम फिर्ता नगरेको अध्यक्ष कार्कीले बताए। अर्का व्यवस्थापक भण्डारीले पनि २०८० जेठदेखि मासिक न्यूनतम ५०० रुपैयाँका दरले रकम बुझाउँदै दुई वर्षभित्र बक्यौता चुक्ता गर्ने लिखित सहमति गरेका थिए। उनले पनि सहमतिअनुसार रकम नबुझाएको अध्यक्ष कार्कीको भनाइ छ।

सेयर सदस्य खिरबहादुर कार्की सम्पर्कमा नरहे पनि उनकी श्रीमतीले सहकारीलाई दूध उपलब्ध गराएर केही रकम भुक्तानी गरिरहेको अध्यक्ष कार्कीले बताए।

अन्य व्यक्तिबाट बक्यौता असुलीका लागि प्रयास भइरहेको संस्थाले जनाएको छ। सहकारीका सल्लाहकार समिति सदस्य लक्ष्मण घिमिरेका अनुसार बक्यौता घटाउने प्रतिबद्धता जनाए पनि सम्बन्धित व्यक्तिहरूले रकम बुझाएका छैनन्। 'तिर्दैनौँ भनेका छैनन्, तिर्छु भन्छन् तर तिर्दैनन्,' उनले भने। २०५० सालदेखि सञ्चालनमा आएको सहकारीले स्थानीय किसानबाट दूध खरिद गरी धनकुटा बजार र दुग्ध विकास संस्थान (डीडीसी) लाई बिक्री गर्दै आएको छ। बक्यौता रकम नउठ्दा संस्था घाटामा परेको भए पनि किसानलाई दूधको भुक्तानी भने दिँदै आएको व्यवस्थापक गणेश न्यौपानेले बताए।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
नमस्ते सहकारीका व्यवस्थापक सञ्जीव महतो पक्राउ

नमस्ते सहकारीका व्यवस्थापक सञ्जीव महतो पक्राउ

नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक सञ्जीव महतोलाई प्रहरीले हिरासतमा लिएको छ। प्रहरीले व्यवस्थापक महतोलाई हिरासतमा लिई अनुसन्धान अघि बढाएको छ। सहकारीका फरार अन्य पदाधिकारीहरूको खो...

#सहकारी #व्यवस्थापक
Compare →
Nagarik News
1w ago
रसुवा बाढीपीडित बालबालिकालाई सहकारीको सहयोग

रसुवा बाढीपीडित बालबालिकालाई सहकारीको सहयोग

सहकारीको टीकापुर शाखाले आफ्नो वार्षिकोत्सवको अवसरमा रसुवाको बाढीमा परी बेपत्ता भएका मनीऋषि सञ्ज्यालका छोराछोरीलाई खाद्यान्न तथा सरसामग्री सहयोग गरेको हो।

#सहकारी
Compare →
Bizshala
2w ago
सरकारी दुग्ध संस्थानमा करोडौँको अनियमितता आशंका, पूर्वमहाप्रबन्धकसहित आठमाथि अनुसन्धान

सरकारी दुग्ध संस्थानमा करोडौँको अनियमितता आशंका, पूर्वमहाप्रबन्धकसहित आठमाथि अनुसन्धान

काठमाण्डौ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा उच्च व्यवस्थापनदेखि चिस्यान केन्द्रका कर्मचारीसम्मको...

#दुग्ध
Compare →

Related Stories

Technology
Build #2611