Trending
Prev Story
Next Story

‘सरकारको स्क्रिप्टमा गगन थापा तर्सिँदैनन्, कठघरामा त कुमार बेन उभिनुपर्छ’

Nagarik News •
November 08, 2026 • 09:24 AM
1
1 reads 0 reactions

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डिजिटल प्रमाण नष्ट गरेको र अनुसन्धान प्रभावित पारेको आरोपमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन छानबिनको कठघरामा उभिनुपर्ने बताएका छन्।

‘सरकारको स्क्रिप्टमा गगन थापा तर्सिँदैनन्, कठघरामा त कुमार बेन उभिनुपर्छ’

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डिजिटल प्रमाण नष्ट गरेको र अनुसन्धान प्रभावित पारेको आरोपमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन छानबिनको कठघरामा उभिनुपर्ने बताएका छन्।

पार्टी सभापतिलाई पक्राउ गर्न लागिएको भन्दै फैलाइएको हल्लाप्रति आपत्ति जनाउँदै उनले वर्तमान सरकार विधिको शासन नभई सनक र राजनीतिक प्रतिशोधका आधारमा चलेको आरोप लगाएका हुन्।

आइतबार सामाजिक सञ्जालमार्फत महामन्त्री पौडेलले प्रहरीले अनुसन्धानका क्रममा बरामद गरेको इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि नै दुई दिनसम्म प्रधानमन्त्रीका मुख्य सल्लाहकार बेनको निजी निवासमा राखिएको दाबी गरेका छन्।

अनुसन्धानको संवेदनशील डिजिटल प्रमाण अनधिकृत व्यक्तिको नियन्त्रणमा पुग्नु कानुनी राज्यको उपहास भएको उनको ठहर छ।

‘फरेन्सिक परीक्षण हुनुअघि इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा किन राखियो ?,’ पौडेलले प्रश्न गरेका छन्, ‘त्यो अवधिमा मोबाइलबाट ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग भएको, सामग्रीको स्क्रिनसट लिइएको र केही सन्देश मेटिएको विषयमा कसले जवाफ दिने ? अनुसन्धानको प्रमाण निजी निवासमा पुर्‍याएर के लुकाउन र कसलाई जोगाउन खोजिएको थियो ?’

महामन्त्री पौडेलले बिचौलियासँग प्रधानमन्त्री र उनको सचिवालयको साँठगाँठबारे पनि सरकारले स्पष्ट पार्नुपर्ने माग गरेका छन्। बिचौलियालाई यति लामो समयसम्म कसले संरक्षण गर्‍यो र ऊ कसको पहुँच र प्रभावमा काम गरिरहेको थियो भन्नेबारे सरकारले जवाफ दिनुपर्ने उनको भनाइ छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ र ९३ आकर्षित हुने स्मरण गराउँदै पौडेलले प्रमाण नष्ट गर्ने र कसुरदार जोगाउने कार्य कानुनतः दण्डनीय भएको उल्लेख गरेका छन्।

उनले प्रश्न गरेका छन्, ‘निष्पक्ष अनुसन्धान हुने हो भने यतिबेला जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन ?’

बिनापक्राउ पुर्जी प्रहरी न्यूजरुममा प्रवेश गरेको घटनाको स्मरण गराउँदै उनले आफूहरूमाथि उठेका प्रश्नबाट ध्यान मोड्न सभापतिको गिरफ्तारीको हौवा पिटाइएको बताएका छन्।

‘स्क्रिप्ट, कथा, भाष्य र पात्रहरू तिमीहरूकै, अनि प्रश्नको कठघरामा चाहिँ हामी ? अनुसन्धानको विषयलाई राजनीतिक प्रतिशोधको हतियार बनाउन पाइँदैन,’ उनले लेखेका छन्।

गिरफ्तारीको धम्की दिएर आफ्ना प्रश्नहरू नदबिने चेतावनी दिँदै महामन्त्री पौडेलले सत्ता र प्रहरी-प्रशासनको प्रभावले सत्य नलुक्ने दाबी गरे।

दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने बताउँदै उनले यस प्रकरणमा दूधको दूध, पानीको पानी नभएसम्म आफूहरू पछि नहट्ने स्पष्ट पारेका छन्।

प्रकाशित: २२ कार्तिक २०८३ १५:०९ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
5d ago
कांग्रेस महामन्त्री पौडेलले भने- गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, पहिले कुमार बेनले जवाफ दिनुपर्छ

कांग्रेस महामन्त्री पौडेलले भने- गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, पहिले कुमार बेनले जवाफ दिनुपर्छ

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्ने तयारी भइरहेको भन्ने चर्चाप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनमाथि नै अनुसन्धान हुनुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जाल …

#गगन-थापा #अनुसन्धान #कुमार
Compare →
Hamro Patro News
2d ago
गगन थापाले सम्झिँए महागुरु फाल्गुनन्द

गगन थापाले सम्झिँए महागुरु फाल्गुनन्द

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन्। सभापति थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत...

#गगन-थापा #गगन #थापा
Compare →

Related Stories

Politics & Governance
Build #2611