Trending
Prev Story
Next Story

घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

Onlinekhabar •
November 08, 2026 • 10:01 AM
1
1 reads 0 reactions

२२ कात्तिक, चितवन। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ । आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक अहिले दिउँसो २:१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । यसअघि …

घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

२२ कात्तिक, चितवन। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ । आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक अहिले दिउँसो २:१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रुपमा आफ्नो गन्तव्यतर्फ लागेका छन् । सवारीसाधनलाई यसअघि सडक एकतर्फी हुँदा लाम लगाएर आलोपालो गरी गन्तव्यतर्फ पठाइएको थियो ।

नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार झण्डै ३५ मिटर माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिन भएको थियो । सो ठाउँमा भित्तो काटिएको नभए पनि आफैँ माथिबाट पहिरो खसेको हो । सो ठाउँ कमजोर भएकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम कायमै रहेको उनले जानकारी दिए। रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5d ago
घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २ः१५ बजेदेखि पूर्ण रू...

#दुईतर्फी #पहिरो #घोप्टेभिर
Compare →
Nagarik News
4d ago
घोप्टेभिरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

घोप्टेभिरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा खसेको पहिरो पन्छाएपछि दुईतर्फी यातायात सेवा नियमित भएको छ।

#दुईतर्फी #पहिरो #घोप्टेभिर
Compare →
Ekantipur
5d ago
घोप्टेभिरको सुक्खा पहिरो हट्यो, दुईतर्फी सवारी साधन सञ्चालन सुरु

घोप्टेभिरको सुक्खा पहिरो हट्यो, दुईतर्फी सवारी साधन सञ्चालन सुरु

आइतबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २ : १५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो ।

#दुईतर्फी #पहिरो #दिउँसो
Compare →
Arthasansar
4d ago
घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरस्थित कुरिनटारनजिकै पहिरो खसेको छ । बिहानीपख सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।  पहिरो हटाउन आवश्यक...

#पहिरो #घोप्टेभिर
Compare →
Bizshala
3d ago
घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

काठमाण्डौ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाएपछि यातायात...

#पहिरो
Compare →

Related Stories

National (Nepal)
Build #2611