Trending
Prev Story
Next Story

कीर्तिपुर क्रिकेट मैदान वरपरको सडक ९० दिनभित्र कालोपत्र गरिने

Ekantipur •
November 08, 2026 • 09:32 AM
1
1 reads 0 reactions

मैदानमा धुलो उड्ने समस्या हटाउन पानी व्यवस्थापनसहित सडक कालोपत्र गर्न लागिएको हो, यसका लागि ६ करोड ७४ लाख ८७ हजार रुपैयाँमा नयाँयुग-मालिन्य जेभीले ठेक्का पाएको छ ।

कीर्तिपुर क्रिकेट मैदान वरपरको सडक ९० दिनभित्र कालोपत्र गरिने

मैदानमा धुलो उड्ने समस्या हटाउन पानी व्यवस्थापनसहित सडक कालोपत्र गर्न लागिएको हो, यसका लागि ६ करोड ७४ लाख ८७ हजार रुपैयाँमा नयाँयुग-मालिन्य जेभीले ठेक्का पाएको छ ।

काठमाडौँ — कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला वरपरको सडक कालोपत्र गर्न निर्माण कम्पनी छानिएको छ । यसमा नयाँयुग–मालिन्य जेभीले ठेक्का पाएको सडक डिभिजन कार्यालय, काठमाडौंले शनिबार जारी गरेको सूचनामा उल्लेख छ । यसको ठेक्का रकम ६ करोड ७४ लाख ८७ हजार रुपैयाँ छ ।

सम्झौताअनुसार बढीमा ९० दिनभित्र त्यस क्षेत्रमा पानीको व्यवस्थापन र कालोपत्र सडक निर्माणको काम गरिसकिने सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख सुबोधकुमार देवकोटाले बताए । द्रुत प्रक्रियामार्फत ठेक्का सम्झौता गरेर काम अघि बढाइएको उनले सुनाए । ‘तीन दिनको समय दिएका छौं, यहीबीच तिहारको बिदा छ,’ उनले भने, ‘अब सोमबार सम्झौता गरेर निर्माणको काम अघि बढाइहाल्छौं ।’ छानिएको निर्माण कम्पनीलाई निर्माणस्थल र क्रिकेट रंगशालामा निर्माण गर्नुपर्ने कामबारे जानकारी गराइसकिएको देवकोटाको भनाइ छ ।

‘मैदानमा धेरै खेल हुने भएकाले सहजताका लागि फास्ट ट्र्याकमा काम गरिरहेका छौं, सम्झौता भएको मितिले ९० दिनभित्र काम सक्ने लक्ष्य लिए पनि त्यसअघि नै काम सकिन सक्छ,’ देवकाटोले भने, ‘कालोपत्र सडक निर्माण गर्नुअघि पानी व्यवस्थापनको काम पनि गर्छौं ।’

कालोपत्र सडक नहुँदा खेलाडी, नेपाल क्रिकेट संघबाट धूलो उड्ने गुनासो आएको र तत्काल यसको समस्या समाधानका लागि पानी हाल्ने व्यवस्था गरिएको देवकोटाको भनाइ छ । अहिले मैदान वरपरको सडक राम्रो छैन । तर कालोपत्र भएपछि राम्रो र मैदान पनि सुविधासम्पन्न बन्ने उनको दाबी छ । ‘यो अन्तर्राष्ट्रिय क्रिकेट मैदान हो, जुन मैदानमा अघिपछि राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलहरू हुन्छन्,’ देवकोटाले भने ।

त्रिवि क्रिकेट मैदानमा अहिले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण चलिरहेको छ । यसको उद्घाटनमा प्रधानमन्त्री वालेन्द्र शाह, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र पूर्वाधार विकासमन्त्री सुनील लम्साल पुगेका थिए ।

नेपालले बंगलादेशसँग मिलेर यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्दै छ । जनवरी २३ (९ माघ) बाट सुरु हुने उक्त प्रतियोगिता नेपालले पहिलो पटक आयोजना गर्न लागेको हो । ‘यो बेला सडक कालोपत्र भइसक्छ,’ देवकोटाले भने, ‘त्यसैले छिटो प्रक्रियाबाट ठेक्का आह्वान गर्नेदेखि सम्झौता गर्ने काम गरिएको हो ।’ यसका धेरैजसो खेल यही मैदानमा हुनेछन् ।

छिटो प्रक्रियाबाट सडक बनाउने गरी ठेक्का आह्वान हुनु खुसीको कुरा रहेको नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशनकुमार सिंहले बताए । सडक डिभिजन कार्यालय, काठमाडौंले सडकको अवस्था देखेर एनपीएल सुरु हुनुअघि माटो हालेर ग्राभेल गरिदिएको पनि उनले सुनाए । ‘हामी आयोजक भएकाले पानीको व्यवस्थापनदेखि सडक कालोपत्रसम्मको काम भए खेलाडीलाई सहज हुनेछ,’ उनले भने, ‘तयारी राम्रो हुँदा विदेशी खेलाडीले हेर्ने दृष्टिकोणमा पनि फरक पर्छ ।’

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
सुन्दर कीर्तिपुर मैदान (फोटो फिचर)

सुन्दर कीर्तिपुर मैदान (फोटो फिचर)

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको २० औँ खेलमा काठमाडाैँ गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको छ। जितस...

#मैदान #कीर्तिपुर
Compare →
Onlinekhabar
6d ago
झिलिमिली काठमाडौंको बीचमा धपक्क त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

झिलिमिली काठमाडौंको बीचमा धपक्क त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

२१ कात्तिक, काठमाडौं । हिजोबाट तिहार सुरु भएको छ । तिहार सुरु भएसँगै काठमाडौं उपत्यका झिलिमिली देखिएको छ । शनिबार साँझ ड्रोनबाट नियाल्दा उपत्यकाको दृश्य मनमोहन देखियो । यसैबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान झनै आकर्षक देखिन पुगेको …

#मैदान #क्रिकेट
Compare →
Nagarik News
3d ago
मस्कटको देउसी-भैलोले ततायो एनपीएल मैदान (तस्बिरसहित)

मस्कटको देउसी-भैलोले ततायो एनपीएल मैदान (तस्बिरसहित)

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मस्कटहरूले देउसी-भैलो प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिएका छन्। संगीत, नाचगान र रमाइलोसँगै मस्कटहरूले तिहारको उत्सवमय माहोल बनाएका हुन्।

#मैदान
Compare →

Related Stories

World News
Build #2611