काठमाडौँ । वैदेशिक रोजगारीका लागि इजरायल पठाउने लोभ देखाएर ठगेको घटनामा संलग्न मुख्य आरोपीलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । थुनछेक पछि काठमाडौँ जिल्ला अदालतले शुक्रबार रामेछाप घर भएका भरत चौलागाईंलाई थुनामा पठाउन आदेश गरेको हो ।
अदालतको आदेश अनुसार उनलाई डिल्लीबजार चलान गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक जना अधिकृतले रातोपाटीलाई बताए । चौलागाईं रामेछापको सुनापति गाउँपालिका–१ का स्थानीय हुन् ।
Read full story at source ( ratopati.com )