Trending
Prev Story
Next Story

चाडपर्वमा दुर्घटना रोक्न कर्णालीमा विशेष सुरक्षा योजना लागू

Ekantipur •
October 13, 2026 • 03:35 PM
1
1 reads 0 reactions

दसैं, तिहार र छठमा यात्रु तथा सडक सुरक्षाका लागि प्रहरीले रातिसम्म संयुक्त जाँच, सचेतना कार्यक्रम र तत्काल उद्धारको तयारी गरेको छ।

चाडपर्वमा दुर्घटना रोक्न कर्णालीमा विशेष सुरक्षा योजना लागू

दसैं, तिहार र छठमा यात्रु तथा सडक सुरक्षाका लागि प्रहरीले रातिसम्म संयुक्त जाँच, सचेतना कार्यक्रम र तत्काल उद्धारको तयारी गरेको छ।

वीरेन्द्रनगर — दसैं, तिहार, छठलगायतका ठूला चाडपर्वमा हुने दुर्घटना रोक्न कर्णालीमा विशेष सुरक्षा योजना लागू गरिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले चाडपर्वका बेला हुन सक्ने सडक दुर्घटना न्यूनीकरण गर्न प्रदेशका १० वटै जिल्लामा विशेष चेकजाँच, मोबाइल गस्ती, आकस्मिक उद्धार टोली र यात्रु सहायता कक्ष परिचालन गरेको हो ।

कर्णालीमा तीव्र गतिमा सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, ओभरलोड गर्ने तथा मादक र लागुपदार्थ सेवन गरेर सवारी चलाउने चालकको लापरबाही रोक्न निगरानी बढाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

चाडपर्वका समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गरी प्रदेशको ट्राफिक व्यवस्थापनलाई सुरक्षित, मर्यादित, भरपर्दो र प्रभावकारी बनाउँदै नागरिकसँग सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले चाडपर्वलक्षित सुरक्षा योजना २०८३ लागू गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

सुरक्षा योजनाअन्तर्गत नियमित तथा विशेष चेकिङसँगै सीसीटीभी र एएनपीआर क्यामरामार्फत सवारीसाधनको निगरानी गर्ने र आकस्मिक चेकजाँच गर्ने व्यवस्था गरिएको छ । यात्रु सहायता कक्ष स्थापना गरी यात्रुलाई सुरक्षासम्बन्धी जानकारी दिने, उनीहरूका समस्या र गुनासा सम्बोधन गर्ने तथा टिकट काउन्टरमा निर्धारित भाडादर कायम गर्न लगाउनेलगायत काम पनि गरिने उनले बताए ।

उनका अनुसार सुर्खेतबाट कर्णालीका नौ जिल्लामा जाने सवारीका चालकको मादक पदार्थ सेवन (मापसे) जाँच र सिट क्षमताको निगरानी पनि भइरहेको छ । मुख्य राजमार्ग र बजारका व्यस्त स्थानमा राति २ बजेसम्म संयुक्त जाँच टोली खटाइएको रिजालले बताए ।

चाडपर्वका बेला दिउँसोदेखि रातिसम्म मापसे जाँचको व्यवस्था गरिएको छ । दुर्घटना वा अन्य आपत्कालीन अवस्थामा तत्काल उद्धार गर्न क्विक रेस्पोन्स टोली (क्यूआरटी) पनि परिचालन गरिएको छ ।

सुरक्षा योजनाअनुसार विभिन्न जिल्लाका मुख्य बजार, व्यस्त स्थान र सम्भावित दुर्घटनास्थलमा दुई जना प्रहरीको टोली मोटरसाइकलमा खटाइएको छ । यो टोली दुर्घटना हुनेबित्तिकै घटनास्थलमा पुग्ने, घाइतेको उद्धारमा समन्वय गर्ने र ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्नेछ ।

‘सुरक्षित यात्रा, सुखद पर्व’ अभियानअन्तर्गत स्थानीय रेडियोबाट ट्राफिक सचेतनासम्बन्धी सन्देश प्रसारण गर्ने, सामाजिक सञ्जालमार्फत सन्देश प्रवाह गर्ने, बसपार्क र प्रमुख बजारमा माइकिङ गर्ने तथा चालक, सहचालक र यातायात व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि सञ्चालन गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाको जोखिम भएका स्थानमा सचेतनामूलक बोर्ड राख्ने कामसमेत भइरहेको छ ।

प्रहरीका अनुसार कर्णालीमा पछिल्ला तीन वर्षमा सवारी दुर्घटनाको दर बढेको छ । प्रदेशमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति पनि उच्च छ । आर्थिक वर्ष २०८२/८३ मा प्रदेशमा १ हजार १ सय ९७ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १ सय ३५ जनाको मृत्यु भएको छ भने ३ सय ५ जना घाइते भएका छन् ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
तनहुँमा बलेरो जिप दुर्घटना, ६ जना घाइते

तनहुँमा बलेरो जिप दुर्घटना, ६ जना घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका-११ गोटपानीमा बिहीबार दिउँसो बलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

#दुर्घटना
Compare →
Hamro Patro News
1d ago
छुट्टाछुट्टै सवारी दुर्घटनामा १९ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १९ जनाको मृत्यु

मकवानपुरसहित विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित सडकमा हायस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएक...

#दुर्घटना
Compare →
Onlinekhabar
8h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना
Compare →
Bizshala
17h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2612